ब्युटी न्युज नेपाल
काठमाडौं, ११ मँसिर

‘लिटल आइडल नेपाल सिजन ३’ को टेलेन्ट शो समपन्न भएको छ । ट्रेबल फेशन कन्सर्नको आयोजनामा बिभिन्न स्कुलका २३ जना बालबालिका यो प्रतियोगित सहभागी छन् ।

यो प्रतियोगिताको ट्यालेन्ट शोमा प्रतियोगीहरुले गायन, नृत्य, बतृत्वकला, अभिनयकला, कबिता, चित्रकला आदि बिधामा आ–आफ्नो प्रतिभा प्रस्तुत गरे ।

आउदो बिहिबार जमल स्थित राष्ट्रिय नाचघरमा अन्तिम प्रतिस्पर्धा हुने लिटल आइडल नेपाल सिजन ३ मा काजोल राई र इभा श्रेष्ठले कोरियोग्राफी गर्दैछन् ।

बालबालिकाहरुको आत्मविश्वास बढाउन र पढाई बाहेक अन्य क्रियाकलापहरुमा सक्रिय होस् भन्ने उदेश्यले अघिल्ला कार्यक्रमहरु जस्तै यस कार्यक्रमलाई पनि सफलतापूर्वक सम्पन्न गर्ने तयारी रहेको इभेन्ट म्यानेजर सैलेन्द्र श्रेष्ठले बताए ।