घरेलु तथा साना उधोग कार्यालयले मनायो पाँचौ उधोग दिवस


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ मँसिर

घरेलु तथा साना उधोग कार्यालय त्रिपुरेश्वर काठमाडौंले आफ्नै कार्यालयमा पाँचौं उधोग दिवस भव्यसँग मनाएको छ । प्रदेश ३ को उधोग, पर्यटन, वन तथा वातवरण मन्त्री अरुण नेपालले सो कार्यक्रमको उदघाटन गरे ।

सो कार्यक्रममा उधोग दिवसको महत्व र यसले उधोगीहरुबीच ल्याएको खुसीको बारेमा चर्चा गरियो । कार्यक्रममा घरेलु उधोगी, व्यबसायी लगायत विभिन्न पेशाका व्यक्तिहरुले आफ्ना भनाई राखेका थिए ।

सो कार्यक्रममा बोल्दै मन्त्री नेपालले नेपालीहरु मेहनती हुने बताए । जस्तो सुकै समस्यामा पनि काम गर्न सक्ने क्षमता नेपालीहरुमा हुने गरेको पनि मन्त्री नेपालले कार्यक्रममा बताए । त्यसैले नेपालीहरुले नेपालमा उधोग राम्ररी सञ्चालन गर्न सक्ने बताउँदै उनले सबैलाई उधोग दिवसको शुभकामना व्यक्त गरे । मन्त्री नेपालले नेपालमा साना उधोगले उत्पादन गर्ने सामग्रीहरु भण्डार र विक्रीको लागि घर निर्माण गरिदिने पनि बाचा गरे ।

घरेलु तथा साना उधोग कार्यालय त्रिपुरेश्वरका प्रमुख उधोग अधिकृति रामचन्द्र अधिकारीले कार्यक्रममा बोल्दै कार्यालयले एक वर्षसम्म काम गरेको कार्य विवरण प्रस्तुत गरे । प्रमुख उधोग अधिकृति अधिकारीले घरेलु तथा साना उधोग विकाश र विस्तारको अबस्थाबारे पनि कार्यक्रममा जानकारी गराए ।

घरेलु तथा साना उधोग संघकी अध्यक्ष सिता कार्कीले उधोग दिवस मनाउन पाउँदा खुसी लागेको बताईन् । नेपालमा उधोग र श्रमिक दुबैको आबस्यक्ता भएको सिताले कार्यक्रममा जानकारी गराईन् । नेपालमा उधोगको अभावले कैयौं नेपालीहरु बिदेशिनु परेको बताउँदै यसलाई सम्बोधन गर्न उनले सरकारलाई अनुरोध गरिन् ।

ढाका उधोगी कमलाले नेपालमा आफुहरुले उधोग खोलेर उत्पादन धेरै गर्दा बजार पाउन नसकेको र सरकारबाट सोचे जस्तो ऋण पनि पाउन नसकेको गुनासो गरिन् । उनले बजार व्यबस्थापनको लागि सरकारसँग आग्रह गरेकी थिईन् ।