आरतीले ल्याई के यो माया हो….


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ मँसिर

अष्ट्रेलियामा बसोबास गर्दै आएकी गायिका आरती श्रेष्ठको नयाँ गीत के यो माया हो…को भिडियो काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ । गीतमा रोमन बज्राचार्यको शब्द रचना तथा संगीत रहेको छ ।

भिडियोलाई जनकदीप पराजुलीले निर्देशन गरेका हुन् । उनले भिडियोमा मेहनत गरेका छन् ।

यो गीतको भिडियोमा अष्ट्रेलियामै बस्दै आएकी रोजी पन्त र निर्जन थापाले मोडलिङ गरेका छन् ।

यो भिडियोमा रणधीर श्रेष्ठको छायाँकन, धुर्बराज पराजुली ‘प्रज्जवलित’को सम्पादन रहेको छ ।