गायिका पुजाले ल्याईन साँगीतिक रहर


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ मँसिर

गायिका पूजा सुनुवारले आफ्नो नयाँ गीतिसँग्रह ‘रहर’ श्रोतामाझ ल्याएकी छिन् । उनको यो दोस्रो गीतिसँग्रह हो । गायिका सुनुवारको यस अघि २०७३ सालमा ‘नजर’ गीतिसँग्रह ल्याएकी थिईन् ।

राजधानीमा एक कार्यक्रमबीच संगीतकार लक्ष्मण शेषलगायतले उनको यो गीतिसँग्रहको बिमोचन गरे । सो कार्यक्रममा ‘हुन्छ भनन…’ गीतको भिडियो पनि सार्वजनिक गरियो । अनुप चापागाईंको निर्देशन रहेको भिडियोमा वर्षा राउत र प्रकाश सपुतको अभिनय रहेको छ । भिडियोमा उत्सव दाहालको छायांकन र विकाश दाहालको सम्पादन छ ।

डस म्यूजिक प्रालिको प्रस्तुति रहेको एल्बममा ‘हुन्छ भनन…’, ‘बेहुली…’, ‘यो मौसम…’, ‘वान साइड लभ…’ र ‘नामसेवाइ…’ बोलका गीतहरु सँग्रहित छन् ।

यी गीतहरुलाई दीपक शर्मा, डीपी खनाल, रामगोपाल आशुतोष, खलानको मान्छे र कृष्ण सुनुवारले लेखेका हुन् ।

जसमा दीपक शर्मा, शंकर थापा स्माइल, अनिष श्रेष्ठ, शिव साम्पाङ र पुष्कर सुनुवारको संगीत छ । एल्बमको ‘हुन्छ भनन…’ मा गायक डेभिड शंकर र ‘यो मौसम…’मा गायक राजेशपायल राईको स्वर रहेको छ ।

यी गायिकाले नेपालीबाहेक, नेपालभाषा, सुनुवार, थारू, तामाङ, कुमाउनी, रंगित तथा देउडालगायत विभिन्न भाषाभाषिकाका दुई सय गीतमा स्वर दिइसकेकी छिन् ।