ब्युटी न्युज नेपाल
काठमाडौं, ९ मँसिर

पूर्व मिस नेपाल उषा खड्गी पछिल्लो सयम फेशन व्यबसायमा छिन् । उनले ललितपुरको कुपण्डोलमा उषा स्टाइलीश कलेक्सन बुटिक सञ्चालन गर्दै आएकी छिन् ।

पूर्व मिस नेपाल उषा आफ्नी आमा उर्मिला खडगी एवँ छोरी उगेस्ना तिमिल्सिनासंग पारम्पारिक पहिरन सहितको फेशनमा प्रस्तुत भएकी छिन् । यी सुन्दरीले तीन पुस्ते फोटा शुट गराएकी छन् ।

हजुर आमादेखि नातिनीसम्म ‘रेड एन्ड गोल्ड कम्बिनेशन’ फेशनमा प्रस्तुत भएका छन् । नारी मासिकको लागि तीनै पुस्ताको यो आकर्षक तस्वीरलाई फोटो ग्राफर महेश प्रधानले कैद गरेका हुन् ।

प्रस्तुती : जयन सुब्बा मानन्धर
पहिरन : उषा स्टाइलीश कलेक्सन
मेकअप : अनकेन ब्युटी सेलुन
ज्वेलरी : शाक्य मुनी लोकमान एन्ड सन
तस्वीर : महेश प्रधान