लोकदोहोरी प्रतिष्ठानको अध्यक्षमा रमेश बिजी 


ब्युटी न्युज नेपाल 

पोखरा, ९ मँसिर

शुक्रबारबाट पोखरामा सुरु भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौं महाधिवेशन आईतबार सम्पन्न भएको छ । प्रतिष्ठानको नयाँ नेतृत्वमा गीतकार रमेश बिजी चयन भएका छन् । गायक तथा अध्यक्षका अर्का प्रत्यक्षी विष्णु खत्रीलाई ३९ मतले पछि पार्दै गीतकार बिजी प्रतिष्ठानको अध्यक्षमा बिजयी भएका हुन् । निर्वाचनमा रमेशले ५८४ मत प्राप्त गरेर बिजय हाँसिल गरेका हुन भने बिष्णुले ५४५ मत प्राप्त गरेका थिए ।

आईतबार बेलुकीबाट सुरु भएको मत गणनाको सम्पूर्ण परिणाम सोमबार बिहानीपख आएको हो । प्रतिष्ठानको अध्यक्ष सहित सचिब, कोषाध्यक्ष र केन्द्रिय सदस्य पदमा निर्वाचन भएको थियो भने बाँकी पदाधिकारीहरु निर्विरोध चयन भएका थिए ।

प्रतिष्ठानको खुला सचिब तर्फ जीवन दाहाल, रमेशराज भट्टराई, कुलेन्द्र विश्वकर्मा, हरि डाँगी, प्रचण्ड जिसी, बसन्त थापा र पुष्कल शर्मा बिजयी भएका छन् । यस्तै प्रशासन सचिबमा कृष्ण रेउले निर्वाचित भएका छन् ।

यस्तै प्रतिष्ठानको कोषाध्यक्षमा राजु ढकाल बिजयी भएका छन् । सह कोषाध्यक्षमा इश्वरी प्रसाद भुसालले बिजय हाँसिल गरेका छन् ।


निर्विरोध भएका पदाधिकारीहरु
– बरिष्ठ उपाध्यक्ष रिता थापा मगर
– प्रथम उपाध्यक्ष पशुपति शर्मा
– दित्तीय उपाध्यक्ष रामजी खाँण
– महिला उपाध्यक्ष राधिका हमाल
– महासचिव सुबास केसी
– उपमहासचिब शँकर बिसी
– उपमहासचिब शिब हमाल
– सांगठनिक सचिब खुमन अधिकारी
– महिला सचिब जमुना राना मगर
– सह कोषाध्यक्ष पूर्णकला बिसी


यस्तै केन्द्रिय सदस्य खुला तर्फ देबी घर्ती, पि एन सापकोटा, प्रकाश सपूत, पुरुषोत्तम भण्डारी, प्रकाश भट्ट, यम क्षत्री, बिमल अधिकारी, महेन्द्र गौतम, दीपक गरौजा मगर, सागर गुरुङ, बिक्रम थापा, युवराज मगर निर्वाचित भएका छन् ।

यस्तै महिला तर्फ सम्झना लामिछाने मगर, जानकी तारमी मगर, अञ्जली अधिकारी, जुना श्रीषमगर, अमृता लुँगेली मगर, सरला पाण्डे र सिता रानामगर बिजयी भएका छन् । बिदेश बिभागबाट रामकृष्ण बम मल्ल, गण्डकी प्रदेशबाट तारानाथ आचार्य, सुदुर पश्चिमबाट नविन धामी, बिजयी भएका छन् ।