बरिष्ट व्युटिसियन सोनीले उद्घाटन गरिन दुर्गाको रोज बर्ड पार्लर


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ मँसिर

ब्युटिसियन दुर्गा श्रेष्ठले आफ्नो नयाँ ब्युटिपार्लर सुरुवात गरेकी छिन् । काठमाडौँको डल्लु स्थित आफ्नै घरमा उनले ‘रोज बर्ड पार्लर एण्ड ट्रेनीङ सेन्टर’ सञ्चालनमा ल्याएकी छिन् । रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष तथा बरिष्ट व्युटिसियन सोनी काररंजितले शनिबार दिउँसो सो व्युटिपार्लरको उद्घाटन गरिन् ।

रिवन काटेर ‘रोज बड पार्लर एण्ड ट्रेनीङ सेन्टर’को उद्घाटन गर्दै बरिष्ट व्युटिसियन सोनी कारंजितले भनिन्,‘रोज व्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टरमा प्रशिक्षण लिएर मेरा विधार्थीहरुले यसरी नयाँ नयाँ पार्लर खोल्दा मलाई साह्रै खुसी लाग्छ । आज मेरो विधार्थी तथा व्युटिसियन दुर्गा श्रेष्ठले पनि ब्युटिपार्लर सम्बन्धि प्रशिक्षण पुरा गरेर आफ्नै पार्लर सञ्चालन गरेकोमा धेरै धेरै बधाई छ ।’ उनले दुर्गालाई सफलताको शुभकामना व्यक्त गरिन् ।

रोज बर्ड पार्लर एण्ड ट्रेनीङ सेन्टर अत्याधुनिक प्रबिधियुक्त गुणस्तरीय व्युटिपार्लर भएको व्युटिसियन दुर्गाले उद्घाटन समारोहमा बताईन् । आफु लामो समयदेखि व्युटिसियन पेशामा आबद्ध भएको र डल्लु क्षेत्रका व्युटिपारखीहरुका लागि यो पार्लर स्थापना गरेको पनि उनले बताईन् ।

सो उद्घाटन समारोहमा विभिन्न व्युटिसियन, संचारकर्मी तथा दुर्गाका आफन्त र शुभचिन्तकहरुको उल्लेख्य उपस्थिति थियो ।