लोकदोहोरी प्रतिष्ठानको अध्यक्षमा चुनाव, पशुपति सहित धेरै जना निर्विरोध


ब्युटी न्युज नेपाल
पोखरा, ७ मँसिर

शुक्रबारबाट पोखरामा सुरु भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि शनिबार बेलुकाबाट निर्वाचन सुरु भएको छ । पोखरा सभागृहमा सुरु भएको निर्वाचनमा यो महाधिवेशनबाट अध्यक्ष सहित ५५ सदस्यीय केन्द्रिय कार्यसमित चयन हुँदैछ ।

जसमा अध्यक्ष पदका लागि गायक विष्णु खत्री र गीतकार रमेश बिजीले उम्मेदवारी दिएका छन् । प्रतिष्ठानका खत्री पूर्व महासचिब र बिजी यसैपटकका महासचिब हुन् ।

अहिले अध्यक्ष लगायत केही पदमा निर्वाचन भईरहेको छ । केही पदहरुमा कलाकारहरु निर्विरोध निर्वाचित भईसकेका छन् ।

जसमा बरिष्ठ उपाध्यक्षमा गायिका रिता थापा निर्विरोध भएकी छिन् । यो पदमा गायक पशुपति शर्माले आउने तयारी गरे पनि उनी फेरी प्रथम उपाध्यक्ष पदमा बस्न मञ्जुर भएपछि रिता बरिष्ट उपाध्यक्षमा निबिरोध भईन् ।

यस्तै गायक पशुपति शर्मा दोश्रो पटक पनि प्रथम उपाध्यक्षमा निर्विरोध चयन भएका छन् । प्रतिष्ठानको महिला उपाध्यक्ष तर्फ गायिका राधिका हमाल निर्विरोध चयन भएकी छिन् ।

यस्तै प्रतिष्ठानको दित्तीय उपाध्यक्षमा गायक रामजी खाँण निर्विरोध चयन भएका छन् ।

…………………………………………………………………

निर्विरोध भएका पदाधिकारीहरु
– बरिष्ठ उपाध्यक्ष      रिता थापा
– प्रथम उपाध्यक्ष       पशुपति शर्मा
– महिला उपाध्यक्ष    राधिका हमाल
– दित्तीय उपाध्यक्ष    रामजी खाँण
– महासचिव              सुबास केसी
– उपमहासचिब          शँकर बिसी
– उपमहासचिब         शिब हमाल
– सांगठनिक सचिब   खुमन अधिकारी
– महिला सचिब        जमुना राना मगर
– सह कोषाध्यक्ष       पूर्णकला बिसी

…………………………………………………………………………………………….

शिब हमाल प्रतिष्ठानको महासचिवमा सुबास केसी चयन भएका छन् भने उपमहासचिबमा पनि दुई जना कलाकार निर्विरोध चयन भएका छन् । गायक एवम् नृत्य निर्देशक शँकर बिसी र शिब हमाल उपमहासचिबमा निर्विरोध चयन भएका हुन् ।


गायक खुमन अधिकारी सांगठनिक सचिबमा निर्विरोध चयन भएका छ भने गायिका जमुना राना मगर महिला सचिबमा निर्विरोध चयन भएकी छिन् । सह कोषाध्यक्षमा पूर्णकला बिसी निर्विरोध निर्वाचित भएकी छिन् ।

सचिब, कोषाध्यक्ष, प्रदेश पदाधिकारी सहित प्रतिष्ठानको २९ केन्द्रिय सदस्य मध्य ७ जना महिला, १२ जना खुला चयन हुने छन् । ७ प्रदेशबाट ७, बिदेशबाट २ र काठमाडौं उपत्यका समन्वय समितिबाट १ जना चयन हुनेछन् । शनिबार बिहानसम्म निर्वाचनको सम्पूर्ण परिणाम आउने विश्वास गरिएको छ ।