तेश्रो नेशनल पावर न्यूज म्यूजिक अवार्डको फारम खुल्यो


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ मँसिर

नेपालको पहिलो समावेशी म्यूजिक अवार्ड नारा सहित सुरु गरिएको नेशनल पावर न्यूज म्यूजिक अवार्डको तेश्रो संस्करण २०२० को तयारी सुरु भएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)को आयोजनामा सम्पन्न हुन गैरहेको यो अवार्डको लागी फारम २०७६ मंसीर ०१ गते देखी खुल्ला गरिएको आयोजक संस्थाले जानकारी गराएको छ ।

नेपाली चलनचल्तीका भाषा अन्तर्गतका राष्ट्रियभाव, गजल, आधुनिक, पप र लोकदोहोरी गीतहरुको विभिन्न विधामा प्रतिष्प्रधा रहनेछ भने भाषा भाषीतर्फ काठे गीत, डेउडा गीत, नेपाल भाषा, तामाङ , राई , लिम्बु, मैथली, भोजपुरी, मगर, शेर्पा, थारुचौधरी, राजवंशी, गुरुङ लगायत विभिन्न भाषाका गीत संगीतहरुमा प्रतिष्प्रधा हुने पिम नेपालका अध्यक्ष माधव राज खरेलले वताए ।

नेपाली चलनचल्तीका भाषा सहित नेपालका वोलिने विभिन्न राष्ट्रिय भाषाका गीतहरुको सहभागितामा सम्पन्न हुने कार्यक्रमलाई नेपाली कलाकारहरुले उत्सवको रुपमा लिने गरेको उनले बताए ।

नेपाली चलनचल्तीका भाषा अन्तर्गतका राष्ट्रियभाव, गजल, आधुनिक, पप र लोकदोहोरीका लागी अंग्रजी क्यालेन्डर अनुसार जनवरी १, २०१९ देखी डिसेम्वर ३०, २०१९ (१ बर्ष) सम्म वजारमा आएका एवं प्रकाशनमा आएका अडियो÷भिडियोले अवार्डमा सहभागी हुन पाउनेछन् । भाषा भाषि अन्तगर्त जनवरी १, २०१८ देखी डिसेम्वर ३०, २०१९ सम्म (२ बर्ष) भित्रमा वजारमा आएका गीत संगीतले भाग लिन पाउने आयोजकले वताएको छ ।