रिलिज चलचित्र

ब्युटी न्युज नेपाल
काठमाडौं, ६ मँसिर

अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगरले ठुलो आशा गरेको चलचित्र ‘च च हुई’ शुक्रबारबाट देशभरका सिनेमा हलमा रिलिज भएको छ । करिब ८ दर्जन सिनेमा हलबाट यो सिनेमा दर्शकमाझ आएको हो ।

चलचित्रले पहिलो दिनको पहिलो शो राम्रो भएको निर्माण पक्षको भनाई छ । गत साउनमा आर्यनको फिल्म हजार जुनीसम्म रिलिज भएको थियो भने चार महिनापछि उनको अर्को नयाँ फिल्म आएको हो । मिरुनाको पनि यो चौथो सिनमा हो । त्यसैले दुबैको लागि यो चलचित्र अग्नि परीक्षा हो ।


आर्यनको फिल्म हजार जुनीसम्म रिलिज भएको थियो भने चार महिनापछि उनको अर्को नयाँ फिल्म आएको हो । मिरुनाको पनि यो चौथो सिनमा हो । त्यसैले दुबैको लागि यो चलचित्र अग्नि परीक्षा हो ।


यो चलचित्रमा आर्यन सिग्देल, भोलाराज सापकोटा, मिरुना मगर र माओत्से गुरुङ मुख्य भूमिकामा छन् । पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ललगायतको अभिनय पनि रहेको छ । पछिल्लो समय लभ स्टोरी जनरका फिल्ममा देखिदै आएका अभिनेता आर्यन यसमा हास्यप्रधान भूमिकामा छन् ।

फिल्ममा निर्देशन र सम्पादन साम्तेन भुटियाको रहेको छ । यो चलचित्र रोमान्टिक कमेडी जनरमा तयार भएको पनि निर्देशक भुटियाले बताए । फिल्मबारे निर्देशक भुटियाले भने,‘ मैले निर्देशन गरेका अघिल्ला फिल्म भन्दा यो फरक जनर हो । मैले यसपटक कमेडी रोजेको हुँ र फिल्मले दर्शकलाई बाँध्छ भन्नेमा टिम विश्वस्त छौ ।’ आफुले फरक फिल्म गर्ने भन्दा पनि फरक बिषय रोजेको पनि उनले बताए ।

यसमा सुशन प्रजापतिको छायाँकन रहेको छ भने, पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । फिल्मका गीतमा राजनराज शिवाकोटी र रोशन थापाको संगीत छ । यसमा श्री श्रेष्ठको द्वन्द, शिशिर खातीको कोरियोग्राफी, सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर रहेको छ ।