म्युजिक भिडियोमा सुपुष्पा भट्ट


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ मँसिर

मोडल तथा नायिका सुपुष्पा भट्ट बिगतमा चलचित्रको गीतको भिडियोमा मात्र देखिने गरेकी थिईन् । यतीबेला उनले म्युजिक भिडियोमा पनि अभिनय गर्न थालेकी छिन् ।

सुपुष्पा अभिनित म्युजिक भिडियो ‘टिलपिल टिलपिल तारा…’ सार्वजनिक भएको छ । विक्रमजंग शाह र मेलिना राईको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतको भिडियोमा सुपुष्पासँगै रोहन असिब र अजय पुनले पनि भिडियोमा अभिनय गरेका छन् । संगीता श्रेष्ठको निर्देशन, रोहन असिबको कोरियोग्राफ रहेको गीतको भिडियोमा शिवराम श्रेष्ठको छायाँकन र लोकेश बज्रचार्यको सम्पादन रहेको छ ।
सुमन श्रापितको शब्द, जीवन परियारको सङ्गीत र सुदिप सागरको सङ्गीत संयोजन रहेको गीत मिठो छ । गीतमा आफ्नो मायालुको रुपको वर्णन गरिएको छ ।