ब्युटी न्युज नेपाल
काठमाडौं, ३ मँसिर

अर्जुन कुमारको निर्माणमा बन्ने सिनेमा ‘चपली हाइट ३…’ को छायाँकन सुरु हुने भएको छ । मंगलबार कार्यविनायक मन्दिरमा मुहुर्त गरिएको यो फिल्मको बिहिबारबाट छायाँकन सुरु हुने भएको छ ।

सिनेमामा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र प्रतिक श्रेष्ठको मुख्य भूमिका रहनेछ । महेश र प्रतिकले यहि सिनेमाबाट अभिनय यात्रा थालनी गर्दैछन् । सस्पेन्स थ्रिलर जनरामा निर्माण हुने सिनेमाको निर्देशन निकेश खड्काले गर्नेछन् ।

सिनेमा अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलको संयुक्त निर्माण बन्न लागेको हो । ’चपली हाइट’को दुई शृंखला मध्ये पहिलोले व्यवसायिक सफलता पायो । भने, दोस्रोले सोचे जस्तो सफलता पाउन सकेको थिएन । तेस्रो शृंखलाको कथाबस्तु बलियो भएकाले निर्माण पक्षले यसबाट सफलता मिल्ने आशा बोकेको छ ।