आयो सेल्फी किङ्गको पोष्टर, चोरीको आरोप


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ मँसिर

चलचित्र ‘सेल्फी किङ्ग’ पोष्टर सार्वजनिक गरेर निर्माण पक्षले प्रदर्शन मिति समेत तय गरेको छ । अभिनेता विपिन कार्कीलाई किङ्ग अवतारमा प्रस्तुत गरिएको पोष्टरमा उनी जोकरको रुपमा प्रस्तुत भएका छन् । हालै रिलिज हलिउडको फिल्म जोकरबाट यो फिल्मको पोष्टर प्रभावित भएको आरोप लागेको छ ।

यसै बीच यो फिल्म माघ २४ मा प्रदर्शन हुने घोषणा गरिएको छ । मंगलबार फिल्म युनिटले विपिनको पोष्टर सार्वजनिक गरेको हो । उन िपोष्टरमा ‘मपाई’ स्वरूपमा चित्रित छन् ।

विपिनसंगै फिल्ममा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले एक गीतमा अभिनय गरेकी छिन ।
ड्रामेडी (ड्रामा प्लस कमेडी) जनराको फिल्मलाई बिशाल सापकोटाले निर्देशन गरेका हुन् । उनको यो डेब्यु फिल्म हो । यसमा शिर्ष भूमिकामा विपिन कार्कीको अभिनय रहेको छ ।

गत वर्षको सफल फिल्म ‘प्रसाद’ का निर्माता सुभाष थापा र निर्देशक दिनेश राउतले संयुक्त रुपमा यो फिल्म निर्माण गरेका हुन् ।

‘सेल्फी किङ्ग’ नामले परिचित एक चर्चित हाँस्य कलाकार(टेलिभिजन)ले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा यसमा देखाइनेछ ।

फिल्ममा बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, निर्मल लामाको कोरियोग्राफी छ । यसमा सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला रहेका छन् ।