हिजो आजका कुरा छायाँकनमा


ब्युटी न्युज नेपाल
काठमाडौं, २९ कात्तिक

बरिष्ट कलाकार निर्देशक सन्तोष पन्तको एक समयको चर्चित हास्यब्यँग्य समसामयिक टेली चलचित्र ‘हिजो आजका कुरा’लाई अब सिनेमाको पर्दामा हेर्न पाईने भएको छ ।

हिजो आजका कुराको यतीबेला काठमाडौंमा धमाधम छायाँकन भईरहेको छ । यो चलचित्रको निर्देशन सन्तोष पन्तकै छोरा साकार पन्तले गरिरहेका छन् । हास्य टेलिसृँखला हिजो आजका कुराका बाल कलाकारको रुपमा लोकप्रियता हाँसिल गरेका साकार अहिले चलचित्र हिजो आजका कुरामा अभिनेताका रुपमा समेत प्रस्तुत हुँदैछन् । अष्ट्रेलियाबाट सिनेमा निर्माणमा ग्राजुएसन गरेर आएका साकारले थुप्रै बृत्तचित्र निर्देशन गरिसकेका छन् ।

यो चलचित्रमा वरिष्ठ कलाकार सन्तोष पन्त, रमा थपलिया, अभिनेत्रीहरु ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, जेविका कार्की, अनुष्का अधिकारी सहित हास्य कलाकारहरु रमेश अधिकारी, सविन शाक्य, विनायक कुइकेललगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

यो चलचित्रको छायाँकारमा रवि सायमी, कथा लेखनमा सन्तोष पन्त, साकार पन्त, सम्बाद लेखनमा सन्दीप किस्ना, सम्पादकमा बिनय कन्साकार, निर्माण व्यबस्थापनमा सुवास काफ्ले छन् ।

सन्तोष पन्तले निर्माण गर्ने यो फिल्मको सह निर्मातामा बैकुण्ठप्रसाद उपाध्याय घिमीरे छन् । यो चलचित्रलाई आगामी १२ बैशाखमा सिनेमा हलमा रिलिज गरिने भएको छ ।