६ दर्जन हलबाट आयो मिस्टर नेपाली


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ कात्तिक

चलचित्र मिस्टर नेपाली शुक्रबार २९ कात्तिकबाट मुलुकका ६ दर्जन सिनेमा हलमा रिलिज भएको छ । यो चलचित्रले विदेशमा रहेपनि नेपालीपन हराउँदैन भन्ने कथालाई उठान गरेको छ । केही दिन अगाडि अमेरिकामा भएको विशेष शोमा यो चलचित्रलाई रुचाइएको थियो ।

यो चलचित्रलाई देब भुषालले निर्देशन गरेका हुन् । देबको यो डेब्यु निर्देशन चलचित्र हो । आफ्नो सिनेमा देबभक्तिले ओतप्रोत रहेको उनले बताए ।

यो चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, निरज कँडेलको छायांकन, जीवन थापाको सम्पादन रहेको छ । चलचित्रलाई प्रेमराज दाहालले निर्माण गरेका हुन् ।

चलचित्रमा भूवन केसी, सरोज खनाल, कमलमणी नेपाल, रीमा विश्वकर्मा लगायतका कलाकारको पनि मुख्य भूमिका छ । यो चलचित्रमा साहिल श्रेष्ठ, कुसुम राउत, नन्दु श्रीवास्तव, विष्णु सापकोटा, रवि डंगोललगायतका कलाकारहरुको पनि मुख्य भूमिका छ ।