आयो मिस्टर नेपालीको डँका पिट्यो…


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ कात्तिक

चलचित्र मिस्टर नेपाली शुक्रबार २९ कात्तिकबाट नेपालभरका सिनेमा हलमा रिलिज हुने भएको छ । चलचित्र ‘मिस्टर नेपाली’को यसै क्रममा नयाँ गीत ‘डंका पिट्यो’ सार्वजनिक गरिएको छ ।

डेभिड शंकरको स्वर, देव भुषालको शब्द रहेको गीतमा दिपक शर्माको संगीत छ । गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी, निरज कँडेलको छायांकन, जीवन थापाको सम्पादन छ ।

यो चलचित्रमा देव भुषालको लेखन तथा निर्देशन छ । चलचित्रलाई प्रेमराज दाहालले निर्माण गरेका हुन् । चलचित्रमा भूवन केसी, सरोज खनाल, कमलमणी नेपाल, रीमा विश्वकर्मा लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

चलचित्रको यो गीतमा मुख्य कलाकारहरु साहिल श्रेष्ठ, कुसुम राउत, नन्दु श्रीवास्तव, विष्णु सापकोटा, रवि डंगोल लगायतका कलाकारहरु फिचर्ड छन् ।

यो चलचित्रले विदेशमा रहेपनि नेपालीपन हराउँदैन भन्ने कथालाई उठान गरेको छ । केही दिन अगाडि अमेरिकामा भएको विशेष शोमा यो चलचित्रलाई रुचाइएको थियो ।