हलमा तेश्रो हप्ता प्रदर्शन भईरहेको पोई पर्यो काले डिस होमबाट पनि


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ कात्तिक

चलचित्र पोई पर्यो काले यतिबेला राजधानी र मोफसलका दर्शकले प्रदर्शनको तेश्रो हप्ताको रुपमा हलमा हेरिरहेका छन् । प्रदर्शन भईरहेको फिल्म हिस होमबाट देखाउन हलको व्यापारमा असर पर्ने चिन्ता निर्माण पक्षको छ । यो चलचित्र डिस होम च्यानडलबाट पनि रिलिज गरिएछ ।

फिल्म पोई पर्या काले’ डिसहोमको सिनेमा घर च्य्नाल नम्बर १०८ मा रिलिज भएको छ । हलमा समेत सफल रहेको यो चलचित्र कार्तिक २२ गते सुक्रबारबाट डीसहोममा रिलिज भएको हो । हाल सम्म चलचित्र हेर्न नपाएका दर्शकहरुलाई मध्यनजर गर्दै रिलिजमा ल्याइएको चलचित्रलाई दर्शकहरुले रु ३२५ मै घरमा स परिवारको साथमा हेर्न सक्नेछन् ।

चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल लगायतको अभिनय रहेको छ । दैनिक ८ सो रहेको चलचित्रलाई दर्शकहरुले आफ्नो समय अनुकुल मिलाएर हेर्न सक्नेछन ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा दिपक मनाङ्गे र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई कार्यकारी निर्माताको रुपमा छिन् । शिव ढकालको छायांकन अर्जुन पोखरेल र पुरुषोत्तम न्यौपानेको संगीत, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी रहेको छ ।