लभ डायरिज भ्यालेन्टाईनमा


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ कात्तिक

गत असोज ३ मा रिलिज गर्ने भनिए पनि पोष्टपन्ड भएको सुशील श्रेष्ठ अभिनित चलचित्र ’लभ डायरिज’को नयाँ रिलिज डेट तय भएको छ । निर्माण पक्षले २ फागुन भ्यालेन्टाइन डेलाई रिलिज तोकेको हो ।

छायाँकन अन्तर्गतको अन्तिम गीत आइतबार हायात होटल परिसरमा खिचियो । अर्जुन पोखरेल शब्दरसंगीतवद्द ’छम छम छम…’ बोलको गीतमा दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको स्वर छ ।

सौरभ चौधरी निर्दे्शित लभस्टोरी सिनेमामा सुशील, रुबिना र विश्वजितले मुख्य भूमिका निर्वाह गरेका छन् । सिनेमाको ’सुन्यौँ की सुनेनौँ’ बोलको रोमान्टिक नम्बर रिलिज भैसकेको छ । जसलाई दर्शकले रुचाएका छन् ।

कोरियोग्राफर प्रविण सिंहले कलाकार सुशील, रुबिना थापा, विश्वजित रिमालसँगै प्रिष्मारप्रिन्सी खतिवडा र कमला घिमिरेलाई स्टेप्स सिकाएका छन् । टिक(टक भाइरलहुँदै म्युजिक भिडियोमा व्यस्त प्रिष्मारप्रिन्सीलाई पहिलो पटक सिनेमाको गीतमा फिचर्ड गरिएको हो ।

संजय लामाले खिचेको सिनेमा मिलन श्रेष्ठले सम्पादन गरेका छन् । मधु बास्तोलाको कथारपटकथा रहेको सिनेमामा सम्पादक साहिल खानले सह(निर्देशकको काम सम्हालेका छन् । विनोद सापकोटा निर्माता रहेको सिनेमामा सरोज तुलाधरको सह निर्माण छ ।