साथ हुँदैन भन्दै गजित र बर्षा


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ कात्तिक

अभिनेत्री बर्षा राउत र अभिनेता गजित बिष्टलेसँगै अभिनय गरेको नयाँ गीत साथ हुँदैन…को भिडियो रिलिज भएको छ ।

यो गीतलाई गायिका बुनु श्रेष्ठले गाएकी हुन् । पछिल्लो समय गायनमा छाउँदै गरेकी बुनुले यो नयाँ गीत बजारमा ल्याएकी हुन् ।

गीतको भाव निकै मार्मिक बनेको छ । यो सार्वजनिक गीतमा नरेश कुमार प्रधानको शब्द रहेको छ , जसमा सजल न्यौपानेले संगीत दिएका छन् । गीतमा संगीत संयोजन भने बि एन निराकारले गरेका हुन् ।
युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको यो गीतले पैसा नै सबै थोक होइन भन्ने भाव बोकेको छ ।

यसरी पैसा नै सबथोक होइन र पैसाले सबथोक किन्न सकिदैन भन्ने कथा गीतले बोकेको छ । पैसाले खुशी र सुख किन्न सकिदैन भन्ने बिषयमा गीतमा देखाईएको छ । यही शब्दको कारण गीतले फरक स्वाद पस्केको छ ।

गीतको भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका हुन् । उनले गजित र वर्षालाई भिडियोमा ससक्त रुपमा उतारेका छन् । भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका हुन् । भिडियोमा नबिन निरौलाको सम्पादन रहेको छ ।