ब्युटी न्युज नेपाल
काठमाडौं, २३ कात्तिक

गायक महेन्द्र सेढाईंको स्वरमा नयाँ गीत मायालुको शहर…को भिडियो दर्शकमाझ आएको छ । यो भिडियोलाई युट्युव च्यानल ओएसआर डिजिटलबाट रिलिज गरिएको हो ।

गायक महेन्द्र सेढाई आफैंले रचना गरेको यो गीतमा सुरेन चन्दको सँगीत र राजु कार्कीको संगीत संयोजन रहेको छ ।

यो गीतको भिडियोलाई माईकल चन्दले निर्देशन गरेका हुन् । माईकल पछिल्ला समयका व्यस्त कोरियोग्राफर एवम् नृत्य निर्देशक हुन् ।

यो भिडियोमा कविता नेपाली, राज अधिकारीले प्रेमी प्रेमिकाको रुपमा अभिनय गरेका छन् । सहयोगी कलाकारका रुपमा प्रिया चौहान, इश्वाङ लामाको भिडियोमा छन् । उत्सब दाहालले छायाँकन गरेको यो गीतको भिडियोलाई सिलन लम्सालले सम्पादन गरेका हुन् ।