स्वर्णिम महोत्सबमा पर्साका सिनेकर्मी सम्मानित


ब्युटी न्युज नेपाल
काठमाडौं, २३ कात्तिक

प्रदेश २ को आर्थिक राजधानीको रुपमा परिचित वीरगञ्ज शहरमा २१ कात्तिकबाट नेपाली चलचित्र स्वर्णिम महोत्सब चलिरहेको छ । २३ कात्तिकसम्म तीन दिन चल्ने यो महोत्बसमा वीरगञ्ज महानगरपालिकाका तर्फबाट पर्सा जिल्लाका सिनेकर्मीहरुलाई सम्मानित गरिएको छ ।

महोत्सबमा सम्मानित हुने पर्साका चलचित्रकर्मीहरुमा अभिनेता निर्माता रवी बस्नेत, अभिनेता संदीप क्षत्री,  निर्माता वितरक माधव वाग्ले, लेखक निर्देशक दीपेन्द्र लामा, चरित्र अभिनेत्री विजया गिरी, बाराकी अभिनेत्री छुल्ठिम गुरुङ,लगायत छन् ।

नेपालीसँग भोजपुरी फिल्ममा सक्रिय पर्साका विभिन्न स्थानीय सिनेकर्मीलाई पनि कार्यक्रममा सम्मानित गरियो ।

‘नेपाली चलचित्र क्षेत्रमा उहाँहरुको उल्लेख्यनीय योगदान रहँदै आएको र उहाँहरुले चलचित्रका माध्यमबाट पर्साले राष्ट्रिय अन्तराष्ट्रिय रुपमै चिनाउँदै आएका कारण उहाँहरुलाई सम्मानित गरिएको हो ।’ वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले कार्यक्रममा बताए ।

नेपाल चलचित्र निर्माता संघद्धारा आयोजित यो महोत्सबको सह आयोजकका रुपमा वीरगञ्ज महानगरपालिका रहेको छ ।

नेपाल चलचित्र निर्माता संघद्धारा आयोजित यो महोत्सबको सह आयोजकका रुपमा वीरगञ्ज महानगरपालिका रहेको छ ।