सर्वोच्चले रिहा गरेका गोविन्द जिल्लाबाट पक्राउ


ब्युटी न्युज नेपाल
काठमाडौं, २३ कात्तिक

पक्राउ र थुनछेक नगरी मध्यस्तकर्ताको माध्यमबाट आपसी मिलान गर्ने भन्ने आदेश सर्वोच्च अदालतले गत भदौको दोश्रो सातामा दिएको मुद्दामा नेपाली चलचित्रका निर्माता तथा वितकर गोविन्द शाही फेरी बिहिबार पक्राउ परे ।

उनलाई प्रहरी महानगरीय बृत्त कालिमाटीमा राखिएको छ । भक्तपुरमा क्युएफएक्सले खोलेको नयाँ मल्टिप्लेक्स फिल्म हलको उद्घाटन समारोहमा जाँदा उनलाई भक्तपुर प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि उनलाई कालिमाटी बृत्तमा राखिएको हो ।

वितरक शाहीलाई चलचित्र लिली बिलीको शेयरमा विश्वास घात गरेको भन्दै सो फिल्मका अर्का निर्माता सुदिप खड्काले गरेको उजुरीमा गत भदौमा ११ दिन हिरासतमा प्रहरीले राखेको थियो । त्यसपछि सर्वोच्च अदालतले यो देवयानी मुद्दा भएकाले बन्दी प्रत्यक्षीकरणमा गोविन्द शाहीलाई थुनछेक गर्न नपाईने र मध्यस्तकर्ताबाट आपसी लेनदेन मिलाउने भन्दै गत १५ भदौमा शाहीलाई छाड्न आदेश दिएको थियो । सोही आदेशको आधारमा उनी हिरासत मुक्त भएका थिए ।

सर्वोच्चले आदेश जारी गरे पनि त्यसको पूर्णपाठ आउन बाँकी रहेको बताईएको छ । सोही क्रममा गोविन्द शाहीले आफुहरुको मुद्दाको प्रकृति देवयानी सहिता अन्तर्गतको भएकाले आपसी विवाद मिलाउन मध्यस्तकर्ता नियुक्ती गरिपाउँ भनेर उच्च अदालत पाटनमा अपिल गरेका थिए । सो अपिल माथिको बहस जारी छ ।

त्यतिबेला निर्माता सुदिप खड्काले आफुमाथि विश्वासघात भएको भन्दै अपराधिक प्रकृतिको मुद्दा बनाएर काठमाडौं जिल्ला आदलतमा उजुरी पेश गरेका थिए । सो पुरानै उजुरीको आधारमा यतीबेला गोविन्द शाहीलाई पक्राउ गरेको बताईएको छ । यही विषयमा काठमाडौं जिल्ला अदालतको आदेशमा शाही पक्राउ परेका हुन् । शाहीलाई बयानका लागि आईतबार काठमाडौं जिल्ला अदालतमा पेश गरिने छ ।

निर्माता गोविन्द शाहीले आफुले लिलीको प्रदर्शन बापतको शेयरको हिसाब किताव देखाएर शेयरबारे प्रस्ट पारेको दाबीगर्दैै आएका छन । निर्माता सुदिप खड्काले आफुले लिली बिलीको हिसाब अहिलेसम्म नपाएकोले विश्वासघात अन्तर्गत मुद्दा हालेको बताउँदै आएका छन् । विश्वासघात फौजदारी प्रकृतिको मुद्दा हो भने आर्थिक लेनदेन देव्यानी सहिता अन्तर्गतको मुद्दा हो । देव्यानी सहिता अन्तर्गतको विषयलाई फैजदारी सहिता अन्तर्गत दायर गरिएपछि गोविन्द शाही पक्राउ परेको बताईएको छ ।

गोविन्द शाहीले उच्च अदालत पाटनमा मध्यसताकर्ताको लागि गरेको आह्वान सम्बन्धिको अपिल पनि अहिले विचारधिन अबस्थामा छ ।

यो प्रकरणमा प्रहरी हिरासतमा थुनछेक गरेर नेपाली चलचित्र क्षेत्रकै बदनाम गराउनु भन्दा मध्यस्तकर्ता राखेर आपसी लेनदेन विवाद मिलाउनु पर्ने नेपाल चलचित्र निर्माता संघका पदाधिकारीहरुको सुझाब छ ।