मुम्बई/एजेन्सी–

२२ कात्तिक

नेपाली अभिनेत्री अदिती बुढाथोकी मुम्बई केन्द्रित छिन् । उनी केही समय यताबाट नियमित बिकिनी सुटका कारण भारतीय मिडियामा छाएकी छिन् ।

नेपाली चलचित्र ‘कृ’मा मुख्य नायिकाको भूमिकामा प्रस्तुत भएकी अदितीले त्यसपछि नेपाली फिल्म खेलेकी छैनन् । उनी मुम्बईमा मोडलिङमै केन्द्रित छिन् ।

उनी त्यहाँ फिल्मको लागि संघर्ष गरिरहेकी छिन् । उनले दक्षिण भारतीय फिल्म पनि पाएको समाचार छ । केही म्युजिक भिडियोबाट मुम्बईमा करिअर अघि बढाउँदै गरेकी उनी र्याम्प शोमा छिन् ।

उनी केही महिना अघि दर्शन रावलको हावा बनकेमा दर्शनसँग प्रस्तुत भएकी थिईन् । अभिनेत्री अदितीले विकिनीमा विभिन्न फोटोसुट गरेकी छिन् । विभिन्न भारतीय मिडियामा प्रकाशित अदितीको बिकिनी सुटलाई हामीले यहाँ प्रकाशन गरेका छौं ।

तस्वीरहरु – फिल्मी वाते