प्रमोदको भिडियोमा कविता र कुमारको जोडी


ब्युटी न्युज नेपाल
काठमाडौं, २० कात्तिक

सञ्चारकर्मी कुमार आचार्यले आफ्नो निर्देशनमा नयाँ गीतको भिडियो रिलिज गरेका छन् । आचार्य पछिल्लो समय भिडियो निर्देशनमा निकै व्यस्त छन् ।

गायक प्रमोद खरेलको नयाँ गीत ‘कुनै दिन मायाँमा…’को भिडियो आचार्यले रिलिज गरेका हुन् । यो गीतको भिडियो युट्युव च्यानल सेबिब्रेटी नेपाल डट कमबाट रिलिज गरिएको हो । एक महिना भित्र आएको उनको निर्देशनको यो चौथा भिडियो हो ।

प्रमोदको कर्णप्रिय स्वर रहेको यो गीतमा शब्द तथा संगीत रुपेश मास्केको रहेको छ । यो गीत निकै रोमाञ्चकारी भावको बनेको छ । गीतको भाव अनुसारको यसको भिडियो बनाईएको निर्देशक आचार्यले ब्युटी न्युज नेपाललाई बताए ।

यो गीतको भिडियोमा नमराज सिलवाल र कविता राय यादवले अभिनय गरेका छन् । भिडियो निर्देशन कुमार आचार्य पनि प्रस्तुत भएका छन् । रामेश्वर हुमागाईंको छायांकन रहेको यो म्युजिक भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् ।