मिस एशियामा रुविश्कालाई अवार्ड


ब्युटी न्युज नेपाल
काठमाडौं, १९ कात्तिक

भियतनामको हो चि मि शहरको एडोरा सेन्टरमा आईतबार सम्पन्न भएको ‘मिस एशिया अवार्ड २०१९’ १८ बर्षिय रुविश्का श्रेष्ठ सहभागी भईन् ।

मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएका रुविश्का यो प्रतियोगितामा ११ औं स्थानमा पर्न सफल भईन् ।

सो प्रतिस्र्धामा श्रेष्ठले स्पोन्सर अवार्ड  (ट्रयुजमी कोरिय अवार्ड)  जितेकी छिन् । यो प्रतियोगितामा बेस्ट नेशनल कस्ट्युमका साथै मिस एशिया अवार्ड २०१९ को उपाधि फिलिपिन्सकी २६ बर्षिया कियेशा चाउले जितिन् । मिस एशिया अवार्ड २०१९ को या पाँचौ सस्करण भएपनि नेपालको यो पहिलो प्रतिनिधित्व हो ।

यो प्रतियोगितामा १७ बर्षमाथि र २७ बर्ष मुनी उमेरसमुहका सुन्दरीहरु सहभागी हुन पाउने मापदण्ड रहेको थियो ।

यस सौन्दर्य प्रतियोगताका लागि एसियाका २५ देशका सुन्दरीहरुबीच भएको प्रतिष्प्रर्धा भएको थियो ।

अवार्डमा सहभागी भएर आफुले धेरै कुरा सिक्न पाएको मोडल रुविश्काले ब्युटी न्युज नेपाललाई बताईन् ।

प्रस्तुती : जयन सुब्बा मानन्धर