गायक भिटेनले चलचित्र सरौंतोमा गीत गाए


ब्युटी न्युज नेपाल
काठमाडौं, १९ कात्तिक

र्यापर गायकको रुपमा यतीबेला चर्चा कमाएका भिटेन अर्थात समिर घिसिङले नयाँ चलचित्र ‘सरौतो’मा गीत गाएका छन् । यो चलचित्र आगामी १३ मँसिरमा रिलिज हुँदैछ । फिल्मको शिर्ष गीतमा भिटेनकै शब्द तथा संगीत छ ।

फिल्मको सार्वजनिक टिजर मनपरेपछि भिटेनले गीत तयार गरेका हुन् । यो गीतको भिडियोमा भिटेन आफै पनि देखिनेछन् । यही गीतका कारण फिल्म सरौंतोलाई २९ कात्तिकबाट १३ मँसिरमा सारिएको हो ।

गीतलाई तिहारको छेकोमा छायाँकन गरिएको हो । गीतमा भिटेन केहि फरक अन्दाजमा प्रस्तुत हुने फिल्मका निर्देशक हरी हुमागाईंले बताए । भिडियोलाई शुक्रबारसम्म रिलिज गर्ने निर्माण पक्षको तयारी छ । यो गीतको भिडियोमा भिटेनसँगै चलचित्रका मुख्य कलाकारहरु सुमी मोक्तान र विजय लामा पनि अभिनयरत छन् ।

चलचित्रको अबधारणा अनुसार गीतलाई तयार गरिएको पनि यसका निर्देशक हरिले बताएका छन् । गीतको छायाँकन सकिएसँगै निर्माण पक्षले केहि तस्वीर सार्वजानिक गरेको छ । सार्वजनिक तस्वीरमा भिटेन अर्थात समीर र सुमीलाई आफ्नै अन्दाजमा देख्न सकिन्छ । म्युजिक भिडियो र एडमा चिनिएको नाम हरीले यसै फिल्म मार्फत निर्देशनमा समेत डेब्यु गर्दैछन् । यसमा सुमीसँगै लियो ट्यांक, सन्नी सिंह, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्यांक, विजय लामा, धिरेन शाक्य, युवराज लामा, मनिषा पुन मगर , प्रतिक दुलाल, राजेश रोय, मनोज तामांग लगायतको अभिनय रहेको छ । फिल्ममा रिभेन्जको कथा देखाइएको छ ।

बिराञ्जना इन्टरटेनमेन्ट , स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मलाइ रिभेन्ज स्टोरी भनिएको छ । फिल्ममा राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाईको छायांकन , निमेष श्रेष्ठको सम्पादन , प्रविन मानन्धरको कलर , ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो , शंकर महर्जनको एक्सन रहनेछ ।

यसमा राजन राज शिवाकोटी , पुष्पन प्रधान , कमल खत्री , भिटेनको संगीत रहेको छ भने राजन, पुष्पन र कमलसँगै मिलन अमात्य, भिटेन, श्रेया सोतांगको स्वर दिएका छन् । यसलाई काठमाडौँ, सिम्रौनगठ लगायतका तराइको स्थानमा मुख्य रुपमा छायांकन गरिएको छ ।