धुमुर्स सुन्तलीलाई फिल्ममा हेर्ने दिन फागुन ९


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ कात्तिक

चलचित्र सेन्टी भाइरस आगामी ९ फागुनमा रिलिज गरिने भएको छ । निर्माण पक्षले यो चलचित्रको फस्ट लुक्स सोमबार सार्वजनिक गर्दै चलचित्र प्रदर्शन मिति घोषणा गरेको हो ।

यो चलचित्रलाई हास्यब्यँग्य अभिनेता सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली)ले निर्माण गरेका हुन् । आधा दशकपछि यो जोडी आफ्नै फिल्मबाट चलचित्र अभिनयमा फर्कँदै छन् ।

यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । चलचित्रको अब एउटा गीतको छायाँकन बाँकी छ । यो चलचित्रको फस्ट लुक्स (एक पोस्टर) मा सिताराम कट्टेल अर्थात धुर्मुसलाई मात्र उतारिएको छ । उनी ढाका टोपीमा देखिए पनि मुहार गम्भिर छ । चलचित्रमा उनको चरित्र यो पोष्टरले केही मात्रामा प्रस्ट्याएको छ ।

 

चलचित्र सेन्टी भाईरसमा सिताराम र कुञ्जनासँगै दयाहाङ राई, विल्सनविक्रम राई, बुद्धि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सूर्यमाला खनाल, बसन्त भट्ट, दीपक आचार्यलगायतको अभिनय रहेको छ ।

कुमार कट्टेल र दीपक आचार्यको लेखनमा बनेको फिल्ममा राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत, शैलेन्द्र ध्वज कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ । डिन्डु लामा ह्योल्मोको मुख्य लगानी रहने फिल्म सुबिहानी फिल्मस प्रालिको व्यानरमा निर्माण हुँदैछ ।