मँसिर २० पुग्यो माछा माछा


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ कात्तिक

प्रदर्शनको दुई साता बाँकी हुँदा चलचित्र ‘माछा माछा’को रिलिज मिति सारिएको छ । यो चलचित्र यसअघि २९ कात्तिकमा रिलिज हुने भनिएको थियो ।

२२ कात्तिकमा रिलिज हुने निश्चल बस्नेत अभिनित चलचित्र ‘घामड शेरे’को व्यापारमा २९ कात्तिकमा माछा माछाले असर पार्ने भन्दै यसको रिलिज तीन साता पछि सारिएको छ । अब चलचित्र माछा माछा २० मँसिरमा मात्र आउने भएको छ ।

चलचित्र माछा माछामा सौगात मल्ल, विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, नम्रता श्रेष्ठ, सरिता गिरी, सृष्टी श्रेष्ठ, भोलाराज सापकोटा, कमलमणि नेपालसहितका कलाकारहरूको अभिनय छ ।

यसरी चलचित्र माछा माछाको रिलिज सरेपछि २९ कात्तिकमा रिलिज हुने भुवन केसी अभिनित चलचित्र ‘मिस्टर नेपाली’लाई हलमा फाईदा पुग्ने भएको छ ।

माछा माछालाई रामबाबु गुरुङ र दयाहाङ राईले निर्माण गरेका हुन् । शिवराम श्रेष्ठले खिचेको यो चलचित्रमा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रवीण सिंहको कोरियोग्राफी छ । फिल्मका लेखक तथा निर्देशक सुनिल गुरुङ हुन् ।