नेपाली अभिनेत्रीहरुले मनाए छैठ


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ कात्तिक

उर्जाको मुख्य श्रोता सूर्यको उपसना गरिने पर्व छैठ मिथिला प्रदेशमा शनिबार धुमधामसँग मनाईएको छ । मिथिला प्रदेशमा रहेका मैथिलीसँगै पहाडीया समुदायले पनि यो पर्व मनाउने गरेका छन् । यसै क्रममा नेपाली चलचित्रका अभिनेत्रीहरुले पनि बिगत झैं यसपटक पनि छैठ मनाएर छैठीमाताको पुजा गरेका छन् ।

काठमाडौंबाट छैठ मनाउन गाउँ पुगेकी अभिनेत्री रेखा थापाले आफ्नै जन्मथलो मोरङ को सलकपुरमा परिवारसँग छैठ पर्व मनाएकी छिन् । उनले शनिबार बेलुका अस्ताउँदो सूर्यलाई जल र अर्घ चढाएर यो पर्व मनाएकी हुन् ।

यस्तै बिराटनगर पुगेकी अभिनेत्री एवम् चलचित्र निर्माता निर्देशक दीपाश्री निरौलाले पनि परिवार र आफन्तजनको साथमा भव्यसँग छैठी माताको ब्रत बसेर यो पर्व मनाएकी छिन् ।

अभिनेत्री संचिता लुईटेलले पनि यसपटक छैठ पर्वको ब्रत राखेर यो पव मनाएकी छिन् । मिथिला क्षेत्रका अरु पनि थुप्रै कलाकारहरु छन् । जसले बिगत झैं यसपटक पनि हर्षोल्लासका साथ छैठ पर्व मनाएका छन् । ब्युटी न्युज नेपालका तर्फबाट सबैलाई छैठको शुभकामना ।