चिराग, संस्कृति र सानवी किड्स अफ दि इयर


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ कात्तिक

चिराग बजगाई, संस्कृति पाण्डे र सानवी स्वारले ‘किड्स अफ दि इयर २०१९’को उपाधि जितेका छन् । चिरागले बालक तर्फको उपाधि हातपार्दा संस्कृतिले बालिका तर्फको जुनियर र सानवीले सिनियर तर्फको उपाधि लगाउन सफल भए ।

तीनै बिजेताले उपाधिका साथमा बिभिन्न गिफ्ट तथा अवसर पुरस्कारको रुपमा प्राप्त गरे । कार्यक्रममा तीनै बिजेताले अन्तराष्ट्रिय सौदर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व समेत गर्ने आयोजकले जानकारी दियो ।

राष्ट्रिय नाँचघर जमलमा हालै सम्पन्न प्रतियोगितामा बालक तर्फ पन्चाङ्ग मिश्र फष्टरनर अप र उज्वल लामा सेकेन्ड रनरअप चुनिदा जुनियर बालिका तर्फ रिमझिम पाल्देन लामा र डिकी चेन्जोन शेर्पा क्रमस फष्ट रनरअप र सेकेन्ड रनरअप भए । त्यस्तै सिनियर बालिका तर्फ संध्या साह फष्टरनरअप र कितावी बराल सेकेन्ड रनरअप घोषित भए । ९ देखि १४ बर्षसम्मका १४ बालक र ३२ बालिका सहभागी प्रतियोगिताममा बालिका तर्फ ९ देखि १२ जुनियर र १२ देखि १४ सिनियर भनेर छुट्ट्याइएको थियो ।

स्यान्द्रा पुन (अन्तराष्ट्रिय मेकअप आर्टिस), ऋषिराज आचार्य (चलचित्र निर्देशक), पुनम प्रधान (गायिका) ऋचा न्यौपाने (सेकेन्ड रनरअफ मिस काभ्र २०१८) सरिता ज्ञावली कार्यक्रम प्रस्तोता तथा निर्माता कान्तिपुर टेलिभिजन) निणार्यक रहेका थिए ।