आमा बन्दै अभिनेत्री सृजना, गर्भावस्थाको फोटो सुट


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ कात्तिक

बिदेशी अभिनेत्रीले जस्तै नेपाली अभिनेत्रीहरुले पनि गर्भवती अबस्थाको आफ्नो पेटको तस्बिर सार्वजनिक गर्न थालेका छन् । यसै क्रममा अभिनेत्री सृजना सुब्बाले पनि गर्भवस्थाको पेटको फोटो खिचाएर तस्बिर सार्वजनिक गर्दै आफु आमा बन्न लागेको सामाजिक सञ्जाल मार्फत जनाएकी छिन् ।

उनले ‘माया नै माया छ तिम्रो नाममा…’ क्याप्सन लेखेर विभिन्न भावका गर्भावस्थाको तस्बिर फेसबुक मार्फत सार्वजनिक गरेकी हुन् । चलचित्र निर्माता पदम सुब्बासँग गतवर्ष विवाह गरेकी सृजना चाँडै पहिलो सन्तानको आमा बन्दैछिन् ।

गर्भवती अबस्था प्राकृतिक रुपमै विशेष अबसर भएकाले यसलाई लुकाउनु भन्दा देखाउनु हुनेवाला आमाहरुका लागि गर्वको कुरा भएकाले गर्भवती अबस्थाको पेटलाई देखाएर आफुले तस्बिर खिची सार्वजनिक गरेको सृजनाले बताएकी छिन् । यसलाई लाजको रुपमा समाजले लिनु नहुने उनको कथन छ ।

लुट, उमा, राहदानी, डाईङ क्यान्डिल सहित विभिन्न चलचित्रमा नायिकाको रुपमा काम गरेकी सृजना थिएटरकी सफल कलाकार पनि हुन् ।