मेलिनाले नचाईन इटहरीबासीलाई


ब्युटी न्युज नेपाल
इटहरी, १३ कात्तिक

तिहारमा यसपटक गायिका मेलिना राईले इटहरीका दर्शकलाई आफ्ना गीत संगीतबाट नचाएकी छिन् । शहरमा तिहारको देउसी भैली चरिरहँदा ‘रातो टिका निधारमा टलक्कै टल्कियो…’ गुनगुनाउदै साँझ करीब नौ बजे इटहरी स्थित जनता स्कुलको मैदानमा प्रादेशिक संगीत यात्राको स्टेजमा जब गायिका मेलिना राई उत्रिईन् । सम्पूर्ण दर्शकहरुले रात कटेको प्रवाह नगरी उनलाई हुटिंग गर्दै स्वागत गर्न थाले ।

दोस्रो पटक इटहरी आएकी मेलिना पनि दर्शकको साथ पाएपछि दर्शकहरुसँर्ग कार्यक्रमलाई सफल पार्न हुटिङ र ताली मागिन् । अनि उनले म बजाउछु मुरली तिरिरि नाच फिरिरी… बाट कार्यक्रम को सुरुवात गरिन ।

सुरुमा बिरामले निक्कै अफ्टेरो गरि गाउँदै गरेकी गायिका मेलिना गाउँदै गएपछि लगातार डेढ घण्टा सम्म नाइँ नभन्नु ल… पिरतीको मिठो तिर्सना…, परि जस्तो उड्न पाए…, टिक टकमा…, माछिले खाने खोलिको लेउ…, कुटुमा कुटु सुपाडी दाना… जस्ता आफ्ना १ दर्जन भन्दा बढी गीतहरु गांईन भने दर्शकहरुले पनि मेलिना संगै नाच्न र गाउनमा भरपुर साथ् दिए ।

बेलुका ७ ः३० बाट सुरु भाको कार्यक्रमको सुरुवातमा धरानमा आयोजन भैरहेको स्टेट वन सिन्गिंग आइडलका प्रतिस्प्रधीहरु सुदेश राई , जस्मिन बराल , शोभा तामांग र हिमाल मगरले आफ्नो गायन प्रस्तुत गरेका थिए ।

त्यस्तै एक दशक अघि अहिले सम्म अन्डरग्राउण्ड हिट गीत गए मेरा गाँजा खाने दिनहरु..का गायक सौरभ भट्टराईले उक्त हिट गीत संगै आफ्ना अन्य गीतहरु सुनाए । गायक एपी शेर्पाले सम्झनाले आजभोली…, सेलोमा…, आगे आगे… र वारी जमुना… गीत प्रस्तुत गरेका थिए । सिल्भर इन्टरटेनमेन्टको आयोजनामा भएको कार्यक्रम संचालन इक्सा मादेनले गरेकी थिईन ।

नेपालको संबिधानले गठन गरेको सातवटा प्रदेशको मुख्य ७ वटा शहरहरुमा संगीतको माध्यमबाट मनोरंजन दिने अभिप्रायले नेपालआइस प्रादेशिक संगीत यात्रा कार्यक्रम आयोजना गरिएको हो । यो कार्यक्रमको सुरुवात प्रदेश न. ५ को प्रमुख शहर बुटवलबाट गत चैत्र मा सुरु गरिएको थियो । प्रदेश न .१ को इटहरीको यो दोस्रो कार्यक्रम हो । अब छिट्टै बाँकी प्रदेशको मुख्य सहरहरुमा पनि कार्यक्रमको आयोजना गरिने सिल्भर इन्टरटेनमेन्टका निर्देशक सौरभ श्रेष्ठले बताए ।