च च हुईको कमेडी ट्रेलर


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ कात्तिक

नेपाली चलचित्र ‘च च हुई’को ट्रेलर सार्वजनिक गरिएको छ । दुई बेरोजगार युवाको जीवनमा एउटा किताबले ल्याउने उतारचढावलाई यसको ट्रेलरमा समेटिएको छ ।

आउँदो ४ मंसिरमा यो चलचित्र रिलिज हुने भएको छ । जीवनको पिङ चच हुई गरेर मच्चिन खोज्दा आउने अवस्थालाई फिल्मको ट्रेलरमा देखाइएको छ । ट्रेलरअनुसार यसमा आर्यन सिग्देल र भोला अधिकारी हङकङमा काम गरिरहेका दुई युवाको भूमिकामा छन् । अभिनेत्री मिरुना मगर हिमाली युवतीको भूमिकामा छिन् । फिल्ममा पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ललगायतको अभिनय पनि छ ।

च च हुईका निर्देशक र सम्पादन साम्तेन भुटिया हुन् । सुसन प्रजापतिको छायांकन रहेको यसका पटकथाकार सिजन दाहाल र सन्देश अर्याल हुन् । यो चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, शिशिर खातीको कोरियोग्राफी रहेको छ ।

यसलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् ।