माछा माछाको ट्रेलरमा डानगिरीको कथा


ब्युटी न्युज नेपाल
काठमाडौं, १० कात्तिक

२९ कार्तिकमा रिलिज हुने सौगात मल्ल अभिनित चलचित्र ’माछा माछा’को ट्रेलर रिलिज भएको छ । सिनेमाको ट्रेलर सस्पेन्स र कमेडी छ ।

सुनिल गुरुङको लेखन तथा निर्देशन रहेको सिनेमामा माओत्से गुरुङ, प्रविण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा, पुस्कर गुरुङ, कमलमणि नेपाल, धुर्व कोइराला, बसन्त भट्टलगायतका कलाकारको अभिनय छ ।

तीन जना गाउँले युवकहरुले शहरिया जीवन स्थापित गर्न लागिपरेको संघर्षको कथामा सौगातसँगै विजय बराल र अनोज पाण्डे मुख्य भूमिकामा छन् । ट्रेलरले यी तीन युवाहरु पैसाको लागि कसैको हत्याको पछि लागेको तर असफल भएको देखाएको छ ।

सिनेमा आर्टको प्रस्तुतिमा नौमती इन्टरटेनमेन्टले सिनेमा निर्माणमा सहकार्य गरेको छ । मणिराम पोखरेलको कार्यकारी निर्माण रहेको सिनेमामा ओम चन्द रौनियार र अर्जुन कार्कीको सह(लगानी छ ।

फिल्ममा रामबाबु गुरुङ र दयाहाङ राई पनि निर्माताको रुपमा रहेका छन् । चलचित्र माछा माछामा शिवराम श्रेष्ठको छायाँकन, अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविण सिंहको कोरियोग्राफी छ ।