प्राश्नाको तिहार गीतमा काजलको अभिनय


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ कात्तिक

यतीबेला यो वर्षको तिहारलाई लक्षित गरेर विभिन्न गीतहरु धमाधम आईरहेका छन् । यसै क्रममा गायिका प्राश्ना शाक्यले पनि तिहारलाई लक्षित गरेर नयाँ गीत तिहारको रमझम…को भिडियो बजारमा ल्याएकी छिन् ।

यो गीतलाई नूतन भुषालले लेखेका हुन् । जसमा दीपकराज विश्वकर्माको संगीत र संगीत संयोजन रहेको छ । प्राश्नाको यो गीत निकै कर्णप्रिय बनेको छ ।

काजल क्रिएसनकी अध्यक्ष तथा फेशन डिजाईनर सहित यो गीतको भिडियोमा अश्विनी भूषाल र गायिका स्वयम्ले अभिनय गरेका छन् ।

यो गीतको भिडियोको निर्देशन मदन खडकले गरेका हुन् । गीतको भिडियोको छायाँकार वीरेन्द्र भाट हुन भने यसलाई विष्णु खड्काले सम्पमादन गरेका हुन् । गीत जस्तै भिडियो पनि राम्रो बनेको छ ।