हाउसफुल ४ र ६ मायाँ छपक्कैको दबाबमा पोई पर्यो काले


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ कात्तिक

नेपाली चलचित्र क्षेत्रकी अहिलेकी सबैभन्दा महँगी नायिका पुजा शर्माले मुख्य भूमिका निर्वाह गरेको चलचित्र ‘पोई पर्यो काले’ मुलुकका ७ दर्जन सिनेमा हलमा शुक्रबारबाट रिलिज भयो । तिहारको अबसर पारेर यो चलचित्र ८ कात्तिकमा रिलिज गरिएको हो ।

यो चलचित्रले अहिले मध्यय व्यापार गरेको छ । सिनेमा मल्टिप्लेक्स देखि सिँगल थिएटरसम्म हाउसफुल हुने विश्वास यो चलचित्रका कलाकारहरुको थियो । तर सिनेमा हलमा अहिले पनि तेश्रो सातमा प्रदर्शन भईरहेको चलचित्र ६ मायाँ छपक्कैको प्रभाव बढी देखिएको छ । ६ मायाँ छपक्कैकै अझै प्रभावका कारण निश्चल बस्नेतले आफ्नो फिल्म घामड शेरेर ८ कात्तिकबाट सारेर २२ कात्तिक पु्र्याएका छन् । यसको फाईदा पोई पर्यो कालेलाई पुग्ने आशा गरिएको भए पनि अहिले प्रदर्शन भईरहेको फिल्म ६ मायाँ छपक्कैलाई चै फाईदा पुगेको छ ।

तीन साता देखि ६ मायाँ छपक्कैले सिनेमा हलमा अझै आफ्नो प्रभाव जारी राखेको छ । शुक्रबारबाटै रिलिज भएको बलिउड फिल्म हाउसफुल ४ ले पनि यतीबेला नेपालका सिनेमा हलमा हाउसफुलको रेकर्ड बनाईरहेको छ । यसरी ६ मायाँ छपक्कै र हाउसफुलले सिनेमा हलमा हाउसफुलको सफलता पाई रहँदा चलचित्र पोई पर्यो कालेलाई फिल्म हलमा हाउसफुल हुन हम्मे हम्मे परेको छ । फिल्मको अक्युपेन्सी शुक्रबार ७० देखि ८० प्रतिसत र शनिबार त्यो भन्दा अलिक माथि रहेको हल सञ्चालकहरुले बताएका छन् ।

नेपाली चलचित्रकी महँगी नायिका पुजा शर्माले एक पछि अर्को फिल्ममा महँगो पारिश्रमिक लिईरहेको बेला पोई पर्यो कालेमा उनको स्टारडमले अहिले काम गरिरहेको छैन । चलचित्र पोई पर्यो काले करिब पौने दुई करोड रुपैयाँको लागतमा निर्माण भएको हो । फिल्मलाई शिषिर राणाले निर्देशक गरेका हुन् । कलाकारले समयमा प्रचार प्रचारमा समेत समय दिन नसकेपछि फिल्म चलाउन यतीबेला यो फिल्मका कलाकार भन्दा निर्माता निर्देशकहरु अहोरात्र खटिरहेका छन् । फिल्मले राम्रै ब्यापार गरेको निर्देशक राणाले बताएका छन् ।

तर पनि यो फिल्मको लागत उठाउन पोई पर्यो कालेले कम्तिमा ६ करोडको व्यापार गर्नु पर्ने हुन्छ । यो फिल्ममा पूजा शर्माले २० लाख रुपैयाँ, आकाश श्रेष्ठले १५ लाख रुपैयाँ, सौगात मल्लले १६ लाख रुपैयाँ र सृष्टी श्रेष्ठले ५ लाख रुपैयाँ सहित यी ४ कलाकारले ४६ लाख रुपैयाँ पारिश्रमिक लिएको निर्माण पक्ष देखि कलाकारसम्मको दाबी छ ।

फिल्म आज भरखर दोश्रो दिनमा प्रदर्शन भईरहेको छ । ब्यापरिक हिसाबले यतीबेला ६ मायाँ छप्ककै भन्दा पछि रहेको यो फिल्मले आउँदा दिन राम्रो ब्यापार गर्ने आशा गरौं ।