२२ कात्तिकमा घामड शेरेर आएपछि २९ कात्तिक पुग्यो सरौतो


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ कात्तिक

अब चलचित्र सरौता २९ कात्तिकबाट मात्र रिलिज हुने भएको छ । आउँदो २२ कार्तिकबाट प्रदर्शनी गर्ने भनिएको यो चलचित्रसँग २२ कात्तिकमा अर्को फिल्म घामड शेरे जुध्न आएपछि आपसी सहमतिमा यो फिल्मलाई २९ कात्तिकमा सारिएको निर्माण पक्षले जनाएको छ ।

फिल्म ‘सरौतो’ यसरी एक हप्तापछी सरेको छ, ‘वितरकहरुसँगको सल्लाह अनुसार फिल्मको रिलिज डेटमा हेरफेर गरिएको हो । हामीले घोषणा गरेको मितीमा एकसाथ अन्य धेरै फिल्म हुनेभएपछी र पछिल्लो समयको बदलिदो रिलिज डेटको अवस्थाले गर्दा आपसी सल्लाहमै यसको हेरफेर गरिएको हो’ फिल्मका निर्देशक हरी हुमागाईले बताएका छन् ।

सरौतोलाई उपत्यकामा गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ । घामड शेरेका वितरक प्रचण्डमान श्रेष्ठ, सरौताका वितरक गोपाजकाजी लगायतले वार्ता गरेर यो चलचित्रलाई २९ कात्तिकमा रिलिजको सल्लाह दिएको हुन् ।

यसलाई काठमाडौँ, सिम्रौनगठ लगायतका तराइको स्थानमा मुख्य रुपमा छायांकन गरिएको छ । राजेश रोय क्रिएटिभ निर्देशक रहेको फिल्ममा सुमी मोक्तान, सनी सिंह, आमिर गौतम , अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्यांक , मनिषा पुन मगर , प्रतिक दुलाल, राजेश रोय, मनोज तामांग लगायतको अभिनय रहेको छ । विजय , युवराज र धिरेनको उपस्थितिले दर्शकलाई पुरानो दिनको याद गराउन सक्छ । फिल्ममा रिभेन्जको कथा देखाइएको छ ।

फिल्मको ट्रेलर र गीतसंगीत सार्वजनिक भइसकेको छ भने भि(टेनको गीतलाई सार्वजनिक गर्ने तयारीमा टिम छ । म्युजिक भिडियो र एडमा चिनिएको नाम हरीले यसै फिल्म मार्फत निर्देशनमा समेत डेब्यु गर्दैछन् । सार्वजनिक ट्रेलरमा सुमी मोक्तान एक्सन अवतारमा छिन् भने लियो ट्यांक र सन्नी सिंहको पनि प्रभाबशाली कार्य यसमा देखिन्छ ।

फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, निमेष श्रेष्ठको सम्पादन, प्रविन मानन्धरको कलर, ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो, शंकर महर्जनको एक्सन रहनेछ । यसमा राजन राज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत रहेको छ भने राजन, पुष्पन र कमलसँगै मिलन अमात्य, श्रेया सोतांगको स्वर दिएका छन् ।

बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मलाइ रिभेन्ज स्टोरी भनिएको छ ।