पोष्टरमा शुशिल र आमिरको बादशाह रुप


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ कात्तिक

चलचित्र बादशाह जुट कात्तिक १५ बाट देशब्यापी सिनेमा हलमा आउँदैछ । सुशील श्रेष्ठ र आमिर गौतम स्टारर सिनेमा ’बादशाह जुट’को कार्टुन पोस्टर सार्वजनिक गरिएको छ । टौवा क्रियसनले तयार गरेको पोस्टरले कमेडीको झल्को दिन्छ । निर्देशक जोनी सिंह राणाले निर्देशन गरेको सिनेमा एक्सन, कमेडी छ । सुशील र आमिर सिनेमाको केन्द्रिय पात्र हुन् ।

आफुलाई बादशाह ठान्ने दुई युवकको कथा पोस्टरले वर्णन गर्छ । निर्माण पक्षले सिनेमाको पोस्टर, गीत र ट्रेलर इन्टरनेटमा छोडिसकेको छ । प्रचार सामाग्रीले दर्शक बीच लोकप्रियता हाँसिल गर्दा, सिनेमाको बक्सअफिस आशा बलियो हुँदै गएको छ ।

यो चलचित्रमा शुशिल र आमिरसँगै केइसा रावत, रोषी खड्का, रोविन तामाङ, रश्मी पाण्डे, दीपक क्षत्री, कमलमणि नेपाललगायतका कलाकारको अभिनय छ । भने, प्रियंका कार्कीलाई अतिथि कलाकारमा समेटिएको छ ।

हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिक्की)ले लगानी गरेको सिनेमा एच एण्ड बी फिल्मस् र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्टको व्यानरमा निर्माण गरिएको हो ।

अभिषेक शशि कुमारले लेखेको पटकथामा राजु कार्कीले छायाँकन, राजकुमार उप्रेतीले एक्सन, दिर्घ खड्काले सम्पादन र कृष्ण भारद्वाजका साथै कोसिस क्षेत्री, मोहित मुनालले संगीतमा काम गरेका छन् ।