मिडिया हबले सक्किगोनीसँग गर्यो सहमति, मिल्यो विवाद


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ कात्तिक

अहिले निकैलोकप्रिय भएको ‘हाँस्य व्यँग्य टेली चलचित्र सक्किगोनि’ बन्द गराउने योजनामा अन्तत भद्रगोल टीम र मिडिया हब प्रा.लि.असफल भएको छ । नेपाल प्रहरीले सम्बन्धित पात्रको पहिलो अधिकार सम्बन्धि कलाकारसँग हुने कानूनी प्रावधानलाई देखाउँदै मिडियो हबका तर्फको उजुरीलाई अघि बढाएन । सोही कारण अर्जुन घिमिरे ‘पाँडे’, कुमार कट्टेल ‘जिग्री’, दीपक आचार्य ‘काकु’, सागर लम्साल ‘बले’, हरि निरौला ‘कक्रोच’ लगायत बिरुद्धको मिडियो अबले नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय मार्फत हालेको उजुरी अन्तत मिडयो हब स्वयम्ले फिर्ता लिनु परेको छ ।

प्रहरीले उजुरीलाई कार्यन्वयन गर्न नमानेपछि मिडियो हबका प्रबन्ध निर्देशक सोमप्रसाद धितालले बिहिबार नै सक्किगोनिका कलाकार निर्देशक अर्जुन घिमिरे र कुमार कट्टेललाई बोलाएर आपसी सहमति गरेका छन् ।

बिहिबार भएको सहमति अनुसार कलाकार र सर्जकको सृजना सम्बन्धि बौद्दिक सम्पत्तिकको अब मिडिया हब प्रा.लि.ले सम्मान गर्ने आपसी सहमितमा उल्लेख छ । यस्तै सक्किगोनिका कलाकार, कि एड्भरटाईजिङ र नेपाल टेलिभिजनबिरुद्ध सोमप्रसाद धितालको अख्तियारीनामामा नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा दिईएको उजुरीलाई फिर्ता लिने सहमति सोम प्रसाद धितालले जनाएपछि सक्किगोनि टिम पनि अब यो बिषय बिबाद नगर्ने निस्कर्षमा पुगेको छ ।

यसै बिषयमा ब्युटी न्युज नेपालसँग कुरा गर्दै जेबिटी क्रिएसन तथा सक्किगोनीका कलाकार निर्देशक अर्जुन घिमिरे (पाँडे)ले हामीसँग कुरा गर्दै यसो भने,‘आफुले उजुरी नहालेको र आफु सक्किगोनिको बिरोधमा नरहेको मिडिया हबका सोमदाईले बताएपछि अब विवाद नगर्ने पक्षमा हामी पुगेको छौं । उहाँहरुले पनि अब यस विषयलाई अघि बढाउने बताउनु भएको छ ।’ उनले अगाडि थपे,‘ हामी कलाकारहरुको चरित्रको बौद्दिक सम्पत्तिको मालिक हामी आफैं हुने भएकाले हामीले निर्वाह गरेको चरित्र खोस्न मिडिया अबका तर्फबाट दिईएको उजुरीलाई प्रहरीले करावाही गर्न नमिल्ने बताएपछि यो विवाद यहीँ टुँगिएको हो ।’

यसै बिषयमा कुमार कट्टेलले फेबकुकमा यस्तो लेखेको छन्,‘पछिल्लो समय मिडिया हब प्रालि र सक्किगोनी हास्य टेलिसिरियल बिच उत्पन्न विवाद दुबैपक्ष बसि आपसी समजदारीमा टुंगोमा पुर्याईएको छ।

स्य टेलिसिरियल भद्रगोलू र सक्किगोनी यहाँहरुले नियमित रुपमा हेर्न पाउनुहुनेछ। कलाकार र सर्जकको मिडिया हब प्रालिले पनि सम्मान गर्ने र सर्जक कलाकारले पनि मिडिया हब प्रालिको योगदान र सहयोग लाई सम्मान गर्दै अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्दछौं ।पछिल्लो समयमा उत्पन्न बिबादित विषय यहि टुंगिएको र आगामी दिनमा यो विषय दुबै पक्षले नउठाउने सहमती भएको जानकारी गराउदछौ। प्रत्यक्ष अप्रत्यक्ष रुपमा मिडिया हब प्रा।लि।र सक्किगोनी सिरियल प्रती देखाउनुभएको सहानुभुती,माया,सद्भाब प्रती सम्पुर्णमा कृतज्ञ छौँ ।’

आखिर यो बिबाद कसरी अगाडि आयो त ? यसै बिषयमा हामी यहाँ चर्चा गर्दैछौं । एकातर्फ सक्किगोनिले छोटो समयमा लोकप्रियता हाँसिल गर्नु र मिडियो हबले विभिन्न कलाकार लिएर अहिले निर्माण गरेको भद्रगोल सिरियल दिन प्रतिदिन खस्कनुले मिडिया हब प्रा.लि. तनावमा थियो ।

यता भद्रगोलमा काम गर्दाको बाँकी लाखौं रुपैयाँ जेपिटी क्रियशनका तर्फबाट अर्जुन घिमिरे, कुमार कट्टेललगायतले मागेपछि मिडियो हबले एक्कासी सक्किगोनिलाई नै बन्दगर्ने योजना सहित कलाकार अर्जुन घिमिरेलाई ‘पाँडे’, कुमार कट्टेललाई ‘जिग्री’, दीपक आचार्यलाई ‘काकु’, सागर लम्साललाई ‘बले’ बलेको भूमिका गर्न नदिने दाबी सहित अख्तियारीनामाबाट मिडिया हबले नेपाल प्रतिलिपि अधिकार राजिस्ट्रारको कार्यालयमा उजुरी हाल्न लगायो । सो उजुरी प्राप्त हुना साथ बिना अनुसन्धान कारवाहीका लागि प्रतिलिपि अधिकारले प्रहरीमा पठायो ।

जो मुख्य सर्जक हो, उसै बिरुद्ध कारवाही गर्न नमिल्ने भन्दै प्रहरीले सक्किगोनिका कलाकारलाई कारवाही गर्न नमानेपछि प्रतिलिपि अधिकारले सक्किगोनिका कलाकारलाई कारवाही गर्न आफुकहाँ बोलाएर स्पष्टीकरण लिनुका साथै फेरी प्रहरीमा उजुरी पठायो । प्रहरीले यो उजुरीलाई कारवाही गर्न नमिल्ने जनाएपछि अन्तत बिहिबार जेपिटी क्रिएसनका अर्जुन घिमिरे र कुमार कट्टेललाई बोलाएर सोमप्रसाद धितालले आपसी सहमति गरेका हुन् । सो सहमतिमा जेपिटी क्रिएसनका बाँकी रकम पनि चाँडै दिने सम्झौता भएको बताईएको छ ।

दर्शकबृन्द यी कलाकारहरु आफैंले सृजना गरेको चरित्र अर्जुन घिमिरेलाई ‘पाँडे’, कुमार कट्टेललाई ‘जिग्री’, दीपक आचार्यलाई ‘काकु’, सागर लम्साललाई ‘बले’, हरि निरौलालाई कक्रोचको भूमिका सक्किगोनिमा निर्वाह गर्न नदिने मिडिया हबको कुटिल चालमा मिडियो हब आफैं असफल भएको छ । दुई दशकदेखि प्रतिलिपि अधिकारसम्बन्धि चर्का कुरा गर्दै आएको मिडिया हबले श्रष्टाको बौद्दिक सम्पत्तिको अधिकारलाई दबाउन खोज्दा आफ्नै खिल्ली उडेको छ । आशा गरौं, आउँदा दिनमा अब यी दुई पक्ष बीच बिबाद हुने छैन ।