फिल्म चलाउन बाबाको शरणमा पुजा


गसिफ

ब्युटी न्युज नेपाल
काठमाडौं, ६ कात्तिक

चलचित्र पोई पर्यो काले शुक्रबारबाट सिनेमा हलमा रिलिज हुँदैछ । यो चलचित्रको रिलिज सँघारमा कलाकारहरु प्रचार प्रसारमा सक्रिए भएका छन् । चलचित्रको प्रचारको क्रममा बुधबार दिनभर विभिन्न युट्युव च्यानलसँग अन्तरवार्तामा व्यस्त रहेकी अभिनेत्री पुजा यतीबेला चलचित्रको प्रचारमा अहोरात्र खटिएकी छिन् । यसै क्रममा उनी चलचित्र प्रचार र फिल्मको सफलताको शुभकामना लिन सुन्दरी जलका बाबा (बिजय केसी)कोमा बुधबार बेलुका पुगिन् ।

बुधबार नै अन्तरवार्ताको लागि करिब ८० ओटा मिडियासँग साक्षात्कार गर्नु पर्ने अबस्था आएपछि पुजा निकै थाकित देखिएकी थिईन् । जसका कारण केही महत्वपूण मिडियालाई उनले समय दिन सकिनन् । यस अघियी अभिनेत्रीले आफ्नै गृह व्यानरको चलचित्र म यस्तो गीत गाउँछु २ को छायाँकनका कारण पोई पर्यो कालेको प्रचारमा पुरा समय दिन नसकेको निर्माण पक्षको दुखेसो थियो ।

यद्यपि उनी भाईरल बाबाकोमा बुधबार बेलुका आफ्नो चलचित्रको सफलताको लागि आशिर्वाद लिन (फिल्म प्रचारको लागि पनि) सुन्दरीजल पुगिन् । भाइरल बाबासँग तस्बिर सार्वजनिक गरेपछि यतीबेला सामाजिक सञ्जालमा उनको त्यो तस्बिरले विभिन्न प्रतिक्रिया पाएको छ ।

अभिनेत्री पुजा अहिले नेपाली चलचित्र क्षेत्रकी सबै भन्दा महँगी नायिका हुन् । शिशिर राणा निर्देशित एबम् राजिब गुरुङ, किरण नेपाली लगायतले निर्माण गरेको चलचित्र पोई पर्यो कालेमा अभिनेत्री पुजाले २० लाख रुपैयाँ लिएर काम गरेकी हुन् । उनले भाईरल बाबासँग आर्शिबादको लागि भेटेकी हुन की चलचित्रको प्रचारको लागि बाबाको साहारा लिन त्यहाँ पुगेकी हुन भन्ने प्रश्न सामाजिक सञ्जालमा उठाईएको छ ।

भाईरल बाबालाई भेटेर फिल्म सफल हुन्छ भने उनले बाबालाई भेटेको अरुलाई किन टाउको दुखाई भन्ने टिप्पणी पनि सामाजिक सञ्जालमा आएको छ । यद्यपि बाबाको जय होस, पुजाको पनि जय होस, पोई पर्यो कालेको पनि जय होस ।