सूर्य इन्टरनेशनल अवार्ड २०१८को १२ विधामा उत्कृष्ट ३ मनोनयन (मनोनयन सूची)


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ कात्तिक

जापानको टोक्योमा आयोजना हुने दोश्रो संस्करणको ‘सूर्य इन्टरनेशनल अवार्ड २०१८’को विभिन्न १२ विधामा उत्कृष्ट ३ को मनोनयन सार्वजनिक गरिएको छ । मँगलबार राजधानीमा एक समारोहबीच यो अवार्डको मनोनयन सार्वजनिक गरिएको हो ।

कार्यक्रममा शसस्त्र प्रहरी बलका महानिरिक्षक शैलेन्द्र खनाल, चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई, निर्माता संघका संघका वरिष्ठ उपाध्यक्ष माधव वाग्ले, कलाकार प्रशान्त ताम्राकार, श्वेता खड्का, भुवन केसी, किरण केसी, सरिता लामिछाने, निर्देशक ऋषि लामिछाने , निर्देशक दीपेन्द्र लामालगायतले सम्बन्धि कलाकारलाई मनोनयनका प्रमाणपत्र प्रदान गरे ।

आयोजक संस्थाका अध्यक्ष बासुदेब लामिछानेले अवार्डबारे भने,‘अवार्ड मार्फत थोरै भएपनि नेपाली फिल्मलाई टेवा पुगोस भन्ने उदेश्यका साथ् यसको सुरुवात गरेको हुँ । यसपटक हामी स्थानीय सरोकारवालासंग अन्तरक्रिया पनि गर्दैछौ नेपाली फिल्मकर्मीको साथमा । यसले नेपाल सरकारको नेपाल भिजिट २०२० लाई पनि सहयोग पुग्छ भन्ने विश्वाश छ ।’

फिल्म र म्युजिक विधामा रहेर अवार्ड आयोजना गरिने अघिल्लो वर्ष भन्दा झनै भव्य बनाउने उनले बताए,कार्यक्रममा आउँदो नोभेम्बर २४ मा टोकियोमा हुने छ । यसपटक ६ फिल्म र ६ संगीतका विधालाई समेटिएको छ । नोमिनेशनमा परेकालाई आयोजककै व्यस्थापनमा टोकियो लगिने कार्यक्रम रहेको छ ।’ बासुदेबले भने ।

बासुदेबका अनुसार १५ सय सिट क्षमता रहेको नाकानो जिरो हलमा हुने अवार्डमा नेपालबाट ५० बढी सेलिब्रेटी तथा मिडियाकर्मी सहभागी हुनेछन् । अवार्ड समारोहमा दुइ दशक लामो फिल्मी यात्रा तय गरेका फिल्मकर्मी नीर शाहलाई लाइफटाइम एचिभमेन्ट अवार्ड , एक दशकलामो फिल्मी यात्रा तय गरेका फिल्मकर्मीलाई फिल्मकर्मी सम्मान , एक पत्रकारलाई फिल्म पत्रकारिता सम्मान पनि प्रदान गरिनेछ ।
दर्ता आव्हान गरिएको मितीसम्ममा दर्ता भएका फिल्म मध्येबाट टप ३ लाई छनौट समितिले पपुलरको आधारमा सार्वजनिक गरेको पनि आयोजक लामिछानेले बताए । अवार्ड समारोहमा क्रिटिक्सको नजरमा उत्कृष्ट भएका निर्देशक, अभिनेता र अभिनेत्रीलाई पनि अवार्ड प्रदान गरिने उनले जानकारी गराए । कार्यक्रमको अफिसियल सञ्चालक नरेश भट्टराई रहेका छन् ।

उत्कृष्ट तीनको मनोनयन

चलचित्र विधा

१ फिल्म
प्रसाद ( सुभाष थापा फिल्म प्रोडक्सन
छक्का पञ्जा ( आमा सरस्वति मुभिज
ए मेरो हजुर ३ ( सुहाना इन्टरटेनमेन्ट

२ निर्देशक
मिलन चाम्स ( बोबी
झरना थापा ( ए मेरो हजुर ३
दीपा श्री निरौला ( छक्का पञ्जा ३

३ अभिनेता
बिपिन कार्की ( प्रसाद
अनमोल केसी ( क्याप्टेन
प्रदीप खड्का ( लभ स्टेसन

४ अभिनेत्री
नम्रता श्रेष्ठ ( प्रसाद
साम्राज्ञी आरएल शाह ( काइरा
पुजा शर्मा ( रामकहानी

५ सह अभिनेता
केदार घिमिरे ( छक्का पञ्जा ३
सलोन बस्नेत ( यात्रा
बुद्धि तामाङ्ग ( जय भोले

६ सह अभिनेत्री
बर्षा राउत ( गोपी
सन्ध्या केसी ( पण्डित बाजेको लौरी
नीरुता सिंह ( नाई नभन्नु ल ५

सँगीत बिधा

१ पप गायक
कमल खत्री ( तिम्रो मायाले
संजिव पराजुली ( कर्के नजर
दीपक बज्राचार्य ( मन मगन

२ पप गायिका
टिका प्रसाई ( कर्के नजर
इन्दिरा जोशी ( रेलिमाई
त्रिशाला गुरुङ ( यो मन

३ आधुनिक गायक
हेमन्त शर्मा ( बरिखा
युवराज चौलागाई ( लट्टर पट्टर
राजेश पायल राइ ( दर्शन नमस्ते ४

४ आधुनिक गायिका
मेलिना राइ ( पिरिम नलाउने
अन्जु पन्त ( नरुनु है
प्रविशा अधिकारी ( तिमि बिना

५ लोक गायक
कुलेन्द्र बिक ( सालको पात
खुमन अधिकारी ( १४ अञ्चल ससुराल
पशुपति शर्मा ( गाह्रो हुन्छ फेरी

६ लोक गायिका
सम्झना लामिछाने मगर ( आउँन माया नाचिदेउ
मन्जु पौडेल ( गाह्रो हुन्छ फेरी
बिष्णु माझी ( सालको पात