बलिउड गायक स्टेबिन बेन काठमाडौंमा, आज बेलुका एलओडीमा कन्सर्ट


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ कात्तिक

२०१५ मा आफ्नो पहिलो एकल टी–सिरीज गीत जिंदगीके.. साथ गाएर चर्चामा आएका भारतीय गायक स्टेबिन बेन अहिले निकै चर्चामा छन् । यिनै बलिउड गायकलाई आज बुधबार बेलुका काठमाडौंमा सुन्न पाईने भएको छ ।

बलिउडका गायक स्टेबिन बेन आज बुधबार मध्यान्नमा काठमाडौं आउँदैछन् । कात्तिक ६ बुधबार बुधवार बेलुका ठमेलको पार्टी क्लब एलओडीमा चर्चित गायक स्टेबिन बेनले आफ्ना विभिन्न हिट गीत प्रस्तुत गर्ने छन् ।

थ्री सिक्स्टी फाइप इभेन्ट्स एण्ड मिडिया प्रालिले आयोजना गर्नलागेको एक कार्यक्रमका लागी उनी नेपाल आउन लागेका हुन् । आयोजक कम्पनीका सिइओका अनुसार बेलुकाका कन्सर्टको सबै तयारी पुरा भएको छ ।

इंडिया नाइटलाइफ पुरस्कार २०१७ मा सर्वश्रेष्ठ बलिउड कलाकार र प्रत्यक्ष गायकको रूपमा पुरस्कृत एमटिभी एलोफ्ट स्टार फर २०१७ कै लागि एमटिभी एशियाको सर्वश्रेष्ठ प्रदर्शनकर्ताका रूपमा सम्मानित भएका छन् ।

बेनले भेगी भेगी रातोन मे…, ये जो हलका हलका सुरूर है…सहित कैयौ हिट गीतको कभर गाउँदै आफ्नो संगीत जीवनको सुरुआत गरेका थिए । उनले हिंदी वेब श्रृंखला २०१७ को क्लासको साथ प्लेब्याक गायनमा डेब्यू गरेका थिए ।

क्यासी ये यारियानको लागि उसको आवाज यी गायकले दिएका थिए । विक्की–हार्दिकको रचनामा तयार जिन्दगीके…गीतबाट स्टेबिन बेनले चर्चा कमाएका थिए । काठमाडौंपछि उनको शनिबार पोखरामा कन्सर्ट छ ।