मोटाहरुको लागि मोडलिङ प्रतियोगिता


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ कात्तिक

पछिल्लो समय मोटा युवा युवतीलाई लक्षित गरेर मोडलिङ प्रतियोगिता आयोजना गर्न थालिएको छ । यसै क्रममा यस्तैका लागि सौन्दर्य प्रतियोगिता ‘सुपर प्लस साइज मोडल नेपाल’को तेश्रो सँृखला काठमाडौंमा आयोजना हुने भएको छ ।

मोडल सङ्स नेपालले ‘सुपर प्लस साइज मोडल नेपाल,२०२० सिजन—३’ आयोजना गर्न लागेको हो । काठमाडौमा ३० कार्तिकमा हुने अडिसनमार्फत छनोट हुने प्रतिस्पर्धीहरुलाई करिब एक महिना प्रशिक्षण प्रदान गरिने छ । जसमा प्रतिस्पर्धिहरुलाई विभिन्न प्रशिक्षण दिइनेछ ।

प्रतियोगितामा १६ देखि ५५ बर्ष उमेर समूहका विवाहित तथा अविवाहित महिलाहरुले भाग लिन सक्नेछन् । ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रुपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान तोकिएको छ ।
प्रतियोगिताका विजेताले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रीय सौन्दर्य प्रतियोगिता ‘वल्र्ड टप प्लस साईज, २०२०’ मा सहभागिता जनाउन पाउने आयोजकको दाबी छ ।