गायक दुर्गेस थापा पक्राउ


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ कात्तिक

काठमाडौँ । ह्याप्पी तिहार चियो बियर…का गायक एवम् मोडल दुर्गेश थापा पक्राउ परेका छन् । झापामा कन्सर्ट सकेर काठमाडौं फर्किएका उनलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले बालाजुबाट पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालयमा गायक थापा बिरुद्ध धार्मिक तथा सांस्कृतिक सहिष्णुता बिगारेकोले भन्दै शुक्रबार उजुरी परेको थियो । सो उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालयले थापालाई पक्राउसँगै अनुसन्धान गर्न महानगरीय अपराध महाशाखा टेकु, काठमाडौंलाई पत्राचार गरेको थियो ।

बालाजुबाट पक्राउ गरिएका दुर्गेसलाई अहिले महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । उनीमाथि परेको उजुरीको आधारमा छानविन सुरु भएको प्रहरीले जनाएको छ ।