सुनितामीको पानको पातमा…


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ कात्तिक

गायिका सुनितामी परियारले आफ्नो जन्म दिनको अबसर पारेर र गायक पूर्ण परियारसँग ‘पानको पातमा काट भन्छे दारी’ बोलको लोक दोहोरी गीत बजारमा ल्याएकी छन् ।
दुई प्रेमीबिचको रमाईलो प्रेम प्रसंग सहित रोमान्टिक शैलीमा तयार भएको गीतको भिडियो पनि बनेको छ ।

जसमा यादव लम्साल र पुजन घिमिरेको अभिनय देख्न सकिन्छ । गीतमा यादव लम्सालको शब्द, अर्जुन पोखरेलको संगीत छ । भिडियो भने शिव विकले निर्देशन गरेका हुन् ।