आयो बादशाह जुटको सुसाईट…


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ कात्तिक

चलचित्र बादशाह जुटको गीत सुसाइड…रिलिज भएको छ । यो चलचित्र कार्तिक १५ गते रिलिज हुँदैछ । सिनेमा ‘बादशाह जुट’को यो दोस्रो गीत हो । सुसाइड… गीतमा प्रेममा परेपछि तनावलाई झल्काइएको छ । गीतमा मुख्य कलाकार सुशील श्रेष्ठ, आमिर गौतम, रोषी खड्का, केइसा रावतको अभिनय छ ।

निर्देशक जोनी सिंह रानाले शब्द श्रृजना रहेको यो गीतमा कोसिस क्षत्रीको संगीत छ । स्वरमा रुपक डोटेलसँग संगीतकार क्षत्रीले साथ दिएका छन् । गीतको भिडियो कोरियोग्राफी विक्रम स्वाँरले गरेका छन् ।
निर्देशक जोनी सिंहको कथालाई अभिषेक शशि कुमारले पटकथामा ढालेका छन् । यो चलचित्रमा रोविन तामाङ, रश्मी पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको पनि अभिनय छ । अभिनेत्री प्रियंका कार्कीलाई अतिथि भूमिकामा देख्न पाईने छ ।

सिनेमामा उत्तम हुमागाईंको छायाँकन, राजकुमार उप्रेतीको एक्सन, दिर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज, कोशिस क्षत्री र मोहित मुनालको संगीत छ । एच एण्ड बी फिल्मस् र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमामा हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिक्की)ले लगानी गरेका छन् ।