पोई पर्यो कालेलाई युनिभर्सल


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ कात्तिक

चलचित्र ‘पोई र्पयो काले’ सेन्सर पास भएको छ । यो चलचित्रले सबैले हेर्न मिल्ने युनिभर्सल प्रमाणपत्र सेन्सर बोर्डबाट पाएको छ । यो चलचित्र ८ कात्तिकबाट मुलुकका सिनेमा हलमा रिलिज हुँदैछ ।

मानिसको बाहिरी रुप हेरेर राम्रो नराम्रो भनिने गलत सोच राख्नु हुँदैन भन्ने सन्देश चलचित्रले बोकेको यसका निर्देशक शिशिर राणाले बताएका छन् । चलचित्रमा मानिसको रुप भन्दा पनि मन सफा र गोरो हुनुपर्ने बिषयलाई उठाउन खोजेको निर्देशक राणाले बताए । चलचित्रको कथा पनि उनकै हो ।

यो चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल लगायतको मुख्य भूमिका छ । चलचित्रको कथा पूजा र सौगातको वरिपरी घुमेको निर्देशकको कथन छ ।

शिव ढकालको छायांकन रहेको चलचित्रमा अर्जुन पोखरेल र पुरुषोत्तम न्यौपानेको संगीत, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी रहेको छ । किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा दिपक मनाङे, सरोज नेपाली निर्माताको रुपमा छन् । अमलादेवी राई यो चलचित्रको कार्यकारी निर्माता हुन् ।