ब्युटी न्युज नेपाल
काठमाडौं, ३ कात्तिक

मदन पुरस्कार बिजेता साहित्यकार झमक घिमिरेको जीवनी अब चाँडै नै चलचित्रमा देख्न पाईने भएको छ । उनको जीवनीमा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ निर्माण भएको छ ।

यो चलचित्र साहित्यकार घिमिरेको मदन पुरस्कार प्राप्त कृति जीवन काँडा कि फूलमा आधारित रहेर बनाईएको छ । चलचित्र ‘जीवन काँडा की फूल’ २२ कार्तिक देखि सिनेमाघरमा आउँने भएको छ ।
यसमा रोजिता बुद्धचार्य, अवस्था थापा, स्वीकृति शर्मा, सारिका घिमिरे, किसन सुनार, उमा गिरी, मेनुका प्रधानलगायतको मुख्य भूमिका छ ।

यो चलचित्रको विनोद विष्टले निर्माण तथा निर्देशन गरेका हुन् । विष्टले यसअघि ‘प्रेम प्रतिक्षा’, ‘संग्राम’ र ‘म कसरी भनुँ’ जस्ता चलचित्र निर्माणरनिर्देशन गरिसकेका छन् ।

शिव ढकालको छायाँकन, तारा थापा ‘किम्भे’को सम्पादन रहेको यो चलचित्रको सह निर्माता बद्री चौहान, उमेश सुवेदी र जुनु गौतम रहेका छन् । चलचित्रलाई श्रीराम वालाजी टेली फिल्म सुनिल मानन्धरले वितरण गर्दैछ ।