१० कलाकार टोली लिएर शम्भुजीत बासकोटा चीनतर्फ


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० असोज

बरिष्ट संगीतकार शम्भुजीत बासकोटा आफ्नो साँगीतिक समुह सहित विशेष साँगीतिक प्रस्तुतिका लागि बिहिबार चीन गएका छन् । चीनको बेईजिङमा रहेको बेईजिङ्ग डान्स एकेडेमीको निमन्त्रणामा उनी चीन गएका हुन् ।

शम्भुजीत संगीत घर नेपालको संयोजकत्व र यस संस्थाका अध्यक्ष शम्भुजीत बास्कोटाको नेतृत्वमा नेपालबाट १० जना कलाकारहरुको टोली बिहिबार चीन गएको हो ।

बेईजिङ्ग डान्स एकेडेमीको आयोजनामा यहि अक्टोबर १८देखि २०सम्म चीनको बेईजिङ्गमा ‘वान बेल्ट वान रोड अन्तरराष्ट्रिय लोकनृत्य महोत्सव हुँदैछ । यही महोत्सबमा नेपालका तर्फबाट विविध लोक नृत्य प्रस्तुतिका लागि आफुहरु चीन तर्फ लागेको बरिष्ट संगीतकार शम्भुजीतले बताए ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिस्ठानका पूर्व उपकुलपति बासकाटाले चीन भ्रमणको प्रसँगमा भने,‘म प्रतिष्ठानमा हुँदा बेईजिङ्ग डान्स एकेडेमीसँग नेपालमा विभिन्न कार्यक्रम आयोजना गरेपछि उहाँहरुसँग सहकार्य बढेको हो । यसै क्रममा उहाँहरुले मेरो संस्थालाई वान बेल्ट वान रोड अन्तरराष्ट्रिय लोकनृत्य महोत्सवमा नेपाली लोकनृत्य प्रस्तुतिका लागि प्रस्ताव गरेपछि उहाँहरुको निमन्त्रणमा हामी चीन गएका हौं ।’

महोत्सबमा आफ्नो टोलीले लोक नेपाली नृत्यहरु प्रस्तुत गर्ने पनि बरिष्ट संगीतकार बासकोटाले जानकारी गराए । बासकोटाका अनुसार सो कार्यक्रममा सहभागी हुन चीनका विभिन्न प्रान्तहरुसँग अन्य विदेशी मुलुकबाट पनि सैयौँ कलाकारहरू बेईजिङ्ग पुगेका छन् ।

यस पटक सो महोत्सबमा आफुहरुले पर्यटन वर्ष २०२० लाई लक्षित गरेर बेईजिङमा नेपाली लोकनृत्यहरु प्रस्तुत गर्ने पनि बरिष्ट सँगीतबार बासकोटाले बताए । यसले नेपाली लोक संस्कृति बिदेशीहरुका सामु पदर्शनसँगै नेपलाको विभिन्न लोक नृत्यको जानकारी गराउने अबसर आफुहरुलाई मिलेको पनि बासकोटाले बताएका छन् ।