आयो प्रेम संसारको सुन सुन चम्पा…


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३० असोज

चलचित्र ‘प्रेम संसार’ को दोश्रो गित सार्बजनिक गरिएको छ । मंसिर १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको ‘सुन सुन चम्पा’ बोलको गीतको भिडियो रिलिज भएको हो । रामचन्द्र काफ्ले र जुनु रिजालको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ ।

बुगी वुगी बिजेता कविता नेपाली, प्रेम सोनी र मोनिका दाहाललगायतले यसमा मोडलिङ गरेका छन् । गितको कोरियोग्राफी एकेन्द्र सारा संसार ले गरेका हुन् ।

चलचित्रमा प्रेम सोनी, कबिता नेपाली, आयुष्मा कार्की , मोनिका दाहाल बिबिशा पाण्डे,राम गौतम अर्जुन पौडेल, करण पौडेल,सुनिल बिक,यम बहादुर बिक,बिजय सुनार टंक मरासैनी, किशोर पाण्डे, लगाएतका कलाकारको अभिनय रहेको छ ।

सोनी फिल्म्सको प्रस्तुतिमा राम गौतमको निर्देशन रहेको चलचित्रको कथा लेखन,निर्माता तथा प्रस्तुतकर्ता प्रेम बहादुर सुनार(गहतराज) हुन् । चलचित्रमा अर्जुन पोख्रेल र बिबि अनुरागीको संगीत, शंकर महर्जनको द्वन्द, एकेन्द्र सारा शंकर र राम गौतमको कोरियोग्राफी ,दिपेन्द्र बस्न्यातको छायांकन रहेको छ । उतम केसी र देबीन गहतराज कार्यकारी निर्माता, कमल सुनार र सीता सुनार निर्माताको रुपमा रहेका छन् ।